बुटवलको १६ छत्तिस कुलामा एक महिलाको शव फेला 

बुटवल, पुस ६ गते । बुटवलको १६ छत्तिस कुलाको किनारमा अन्दाजी ३५ बर्षिय एक महिलाको मृत्य अवस्थामा शव फेला परेको छ ।
बुटबल उपमहानगरपालिका वडा ९ र वडा ११ को बिचमा पर्ने उक्त कुलाको किनारामा बुधबार बिहान शव फेला परेको हो ।
हिजो कुलामा केही नभएको र कुलामा बगाउने खालेको पानी नभएकाले रातीको समयमा कसैले लिएर फालेको हुन सक्ने स्थानीयले बताएका छन् ।
कुलाको किनारमा शव फेला परेको स्थानीयले खवर गरेपछि ईलाका प्रहरी कार्यलय बुटवलबाट खटिएको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । उक्त महिलाको पहिचानका लागि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।