पर्यटन महोत्सवको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना -याली निकालियो

बुटवल, पुस ६ गते । भोलीदेखि बुटवलमा सञ्चालन हुने १५ औं राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आज जनचेतना -याली निकालिएको छ ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ भोली पुस ७ गतेदेखि बुटवल मण्डपमा निर्माणाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी हुंदै छ । प्रदर्शनीको प्रचारप्रसार स्वरुप आज बुटवलमा औद्योगिक जनचेतना ¥याली गरिएको हो ।

  ¥यालीमा झण्डै १ सय संघसंस्थाको सहभागिता रहेको -याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले जानकारी गराए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुंदै पुनःप्रदर्शनीस्थलमा पुगेर समापन गरिएको हो । विभिन्न जातजाती, भेषभुषा, धार्मिक, टोल विकास समिति, उद्योगसहितका संघसंस्थाहरुको सहभागिता रहने ¥यालीमा उत्कृष्ट हुनेलाई पुरस्कृतसमेत गरिने संयोजक खनालले बताउनुभयो ।समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार भन्ने नारासहित शुरु हुने प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रदर्शनी स्थलमा स्टल, मञ्च, सचिवालय लगायत भौतिक निर्माणका काम सकिएपछि सजावट गरिएको छ ।
स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा निर्माण सम्पन्न भएको अन्तराष्ट्रिय सभाहलसंगै निर्माण भईरहेको प्रदर्शनी स्थलमा पहिलो पटक हुन गईरहेको प्रदर्शनीलाई आयोजकले पनि विशेष महत्व दिएर तयारी गरिरहेका छन् ।
आगामी पुस १९ गतेसम्म संचालन हुने प्रदर्शनीको लागि स्टल दर्ता तथा वितरणको सम्पूर्ण काम पुराभएको मूल आयोजक समितिका संयोजक माधवप्रसाद पौडेलले जानकारी गराएका छन् ।
प्रदर्शनीमा स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० वटा स्टल सहभागि रहने छन् । यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोवार गर्ने आयोजकले लक्ष्य राखेको छ ।