सरकार गठनका लागि बालकोटमा चार दलको छलफल

बुटवल, पुस १० गते । सरकार गठनका लागि काठमाण्डौमा राजनीतिक कसरत बढेको छ । सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहज रुपमा गठबन्धन दलबीच सहमती हुन नसकेपछि सरकारको स्वार्थका लागि आआफ्नो अनुकुल दलहरु लागि परेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल चलेको छ ।