प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमती

बुटवल,पुस १० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमती जुटेको छ ।आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमती जुटेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई साथ दिएपछि प्रधानमन्त्रीका लागि सहमती जुटेको हो ।
प्रचण्डको नेतृत्वमा सरकार बनाउनका लागि १ सय ६६ जना सांसदको समर्थन जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीको नेतृत्वबीच बैठक भएको थियो ।प्रतनिधिसिभाको दोस्रो ठूलो दल एमालेसंग ७८ सांसद छन् ।
नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसंका २०, राप्रपाका १४, जनता समाजवादीका १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ती पार्टीका ४ जना सांसद जोड्दा १ सय ६६ सांसद हुन्छ । जुन संख्या सरकार बनाउन मिल्ने संख्या हो ।