प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त

बुटवल, पुस १० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त एका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सांझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमती जुटेपछि उनलाई नियुक्त गरिएके हो । आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमती जुटेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दलबीच सहमती जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई साथ दिएपछि प्रधानमन्त्रीका लागि सहमती जुटेको हो ।
प्रचण्डको नेतृत्वमा सरकार बनाउनका लागि १ सय ६६ जना सांसदको समर्थन जुटेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टी नेतृत्वबीच बैठक भएको थियो ।प्रतनिधिसिभाको दोस्रो ठूलो दल एमालेसंग ७८ सांसद छन् । जुन संख्या सरकार बनाउन मिल्ने संख्या हो । यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रमुख पद बांडफांटमासमेत सैद्धान्तिक सहमति जुटेको छ ।
नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्वको गठबन्धन छोडेसंगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा बांडफांटबारे समेत सैद्धान्तिक सहमति जुटेको हो ।
प्रधानमन्त्री प्रचण्ड हुने भएपछि राष्ट्रपति एमालेले लिने र प्रधानमन्त्री, सभामुखमा आलोपालोको सहमति भएको बताईएको छ ।केन्द्रिय सरकार गठमा सहमती जुटेपछि अव प्रदेश सरकारहरुपनि केन्द्रको सहमती अनुसार गठन हुने छन् ।
आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसंका २०, राप्रपाका १४, जनता समाजवादीका १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ती पार्टीका ४ जना सांसद जोड्दा १ सय ६६ सांसद हुन्छ । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् ।
प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो ।