रुपन्देहीका विष्णु पौडेलको नेतृत्मा एमाले सरकारमा जाने

बुटवल, पुस ११ गते । नेकपा एमाले विष्णु पौडेलको नेतृत्वमा सरकरमा जाने भएको छ । उपाध्यक्ष विष्णु पौडेललाई एमालेले उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।
पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई सरकारमा सहभागी गराउने नेकपा एमालेले तयारी गरेको एमालेका एक नेताले बताए ।
नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दावी गरेका छन् ।