व्यवसायिक असुरक्षाले व्यवसाय संकटमा – सुनचांदी व्यवसायी

सुनचांदी व्यवसायी संघ, बुटवलको तेस्रो बार्षिक साधारणसभा

बुटवल, पुस ११ गते । सुनचादी व्यवसायीहरुले विभिन्न क्षेत्रबाट आफ्नो व्यवसायमा असुरक्षा बढेर गएको हुदा व्यवसाय पलायन बढेर जाने खतरा देखिएको हुंदा व्यवसायीक सुरक्षाको माग गरेका छन् ।
उनीहरुले अपराधिक तत्वबाट हुने चोरी, लुटपाट तथा सुनको अभावमा व्यवसाय सञ्चालन गर्न निकै कठिन भएको बताउदै त्यसमा राज्यको ध्यानाकर्षण गराएका छन् ।
सोमवार बुटवल सुनचादीव्यवसायी संघ, बुटवलको तेस्रो बार्षिक साधारणसभाको उद्घाटनसत्रमा बोल्ने सो व्यवसायकाअगुवाहरुले उक्त धारणा राखेका हुन् ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकाप्रमुख खेलराज पाण्डेले गरेका थिए । सो अवसरमाबोल्दै प्रमुख पाण्डेले बुटवल नगरमा रहेका सुनचादीव्यवसायीहरुको संरक्षण, व्यवस्थापन र सुरक्षाको जिम्मेवारी स्थानिय सरकारको पनि रहेको हुदात्यसमाआफु प्रतिवद्ध रहेको बताए ।
पाण्डेले व्यवसायीहरुको समस्यालाई सम्बोधनगर्न योजनाबद्ध रुपमाकामहरु गर्ने बताउदै सुनचादीव्यवसायीहरुको प्रमुख समस्याका रुपमा रहेको सुरक्षाको विषय राज्यकै जिम्मेवारी भएको हुदा बुटवल सुनचादी व्यवसायीहरुका लागि सुरक्षित क्षेत्र हो भन्ने बनाउन सबैमाआग्रह गरेका छन् ।
उनले बुटवलको वजार विविधिकरणको अभावले व्यवसायीकपलायन बढेको हुदात्यसमागम्भिर बनेर वजारलाई चलायमानबनाउने स्थानियतह र व्यवसायीहरु सहकार्य गरेर अगाडी बढ्ने समय आएको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि नेपाल सुनचादीव् यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचादीव् यवसायीहरुका समस्याबारेमा राज्यलाई धेरै पटक अवगत गराएको भएपनि नीतिगत रुपमा कुनै परिर्वतन हुन नसकेको बताउदै काचो सुनको अभावले व्यवसायीहरुले आफ्नो व्यवसायबन्दगर्नु पर्ने अवस्थामा आएको बताए ।
नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य एमवी विश्वकर्माले सुनचादी व्यवसाय अति सम्बेदशील व्यवसाय भएका कारण यसलाई सञ्चालन गर्दा अति गम्भीर भएर गर्नुपर्ने धारणा राखे ।
महासंघका अर्का केन्द्रीय सदस्य दीपककुमार विकले परम्परागत रुपमाचलेको हाम्रो व्यवसाय एवं व्यवसायिक संस्थामा पुस्तान्तरण हुनन सक्दा समस्याहरु ज्युका त्यु रहेको उल्लेख गर्दै कानुनी रुपमा हामीले झेल्नु परेका समस्या र राज्यले हामीलाई हेर्न दृष्टीकोणमा परिर्वतनआउनु जरुरी भएको बताए ।
संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी विकको सञ्चालन तथा उपाध्यक्ष मिलन विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कशजु, रुपन्देही व्यापार संघका महासचिव दयानीधि भण्डारी, नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष राजु लिगल, बुटवल वडा नं. ४ का अध्यक्ष नरिश्वर पौडेल, रुपन्देही सुनचादी व्यवसायी संघका जिल्ला अध्यक्ष रामकिशन विक, प्रदेश उपाध्यक्ष विक्रम सुनार, सिद्धार्थनगर सुनचादी व्यवसायी संघका अध्यक्ष दिपक कशौल, विजेन कम्पनिका कोषाध्यक्षविजेन कालिराज लगायत आआफ्ना भनाइ राखेका थिए ।
साधारणसभाको बन्द सत्रले अध्यक्ष गोकुलविक, सचिव चुरामणी विक तथा कोषाध्यक्ष दलबहादुर विक(राजु), द्वारा प्रस्तुत बार्षिक प्रतिवेदनहरु छलफल पश्चायत पारित भएको थियो ।