आत्मशान्ती अनाथ आश्रमको अक्ष्य कोषमा ५२ लाख संकलन

आश्रमको २६ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल, पुस १२ गते । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा सञ्चालित आत्मशान्ती अनाथ आश्रमले अक्ष्यकोषका लागि ५२ लाख संकलन गरेको छ । अनाथ बालबालिकाहरुको पालन पोषण र शिक्षा, स्वास्थ्यका लागि अक्ष्यकोष स्थापना गरिएको हो । अक्षयकोषबाट प्राप्त हुने व्याज र दाताहरुको सहयोगबाट अक्ष्य कोष स्थापना गरिएको हो ।
एक कारोडको अक्ष्यकोष स्थापना गर्ने लक्ष्य भएपनि अहिलेसम्म अक्ष्य कोषमा ५२ लाख संकलन भएको आश्रम सञ्चालक तथा अध्यक्ष मैनादेवी भण्डारीले जानकारी गराइन ।
२०५३ सालमा स्थापना गरिएको आश्रमले अहिलेसम्म ३६ जना अनाथ तथा असहाय बालबालिकालले आश्रय लिएका छन् । अनाथ आश्रममा अहिले नौ जना अनाथ बालबालिकाले आश्रय लिएका छन् ।
नमुना शान्ति माध्यामिक विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी कक्षामा प्रथम हुंदै आएका छन् ।
अनाथ तथा असहाय मलिा कल्याण समाजले सञ्चालन गरेको रामचन्द्र मैनादेवी अनाथ आश्रमको २६ औं साधारण सभा तथा अधिवेशन भएको छ ।
मैनादेवी भण्डारीको अध्यक्षता र कृष्ण ढकालको सञ्चालनमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभा तथा अधिवेशनमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश पाठकले आश्रम सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी तथा एमालेका नेता गोपाल राना, वरपिपल महिला समुह तिलोत्तमा २ की अध्यक्ष कमला आचार्य, गीता न्यौपाने, सीता वास्ताकोटी लगायतले बोल्दै अनाथ आश्रमका लागि सहयोग गर्नु सबैको मानवीय दायित्व भएको भन्दै आआफ्नो ठाउंबाट सक्दो सहयोग पुराउने प्रतिवद्वता जनाएका छन् ।
आत्मशान्ती अनाथ आश्रममा आश्रय लिएका तनहुका बाबुराम भण्डारी इन्जिनियर बनेका छन् ।पाल्पाका सुन्दर न्यौपाने ओभरसियर बनेका छन्, भने उषा पोखरेलले विए पास गरेर अहिले पोखरामा शिक्षिका छन् ।
आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले कहीकतै दुख्ख पाएका अनाथ बालबालिका भए कानुनी प्रक्रिया पुरागरेर आश्रममा ल्याउनका लागि आग्रह गरेकी छन् ।