हत्याको दावी गर्दै किटानी जाहेरी दिएपनि दोषीलाई प्रहरीले पक्राउ गरेन – पीडित परिवार

बुटवल, पुस १२ गते । प्यूठान नगरपालिका वडा नम्बर ५ जुम्रिकाडा निवासी लालमती खत्री पुस ४ गते आफ्नै कोठामा रहस्यमय मृत फेला परेकी थिइन ।
रुपन्देहीको भैरहवामा बस्दै आएकी २२ वर्षिय लालमती पुस ४ गते मृत अवस्थामा मृत अवस्थामा फेला परेको घरपरिवारले बताएका छन् ।
रहस्यमय मृत्यु हुंदा पनि प्रहरीले आरोपित व्यक्तिलाई नियन्त्रणमा नलिएको पिडित परिबारले गुनासो गरेका छन् ।
२२ बर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका वडा नम्वर १३ भैरहवा हाटबजार नजिकै आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।
मृतकका परिवारले लालमतीको आत्महत्या नभएर हत्या भएको सिद्धार्थनगर नगरपालिका वडा नम्वर १ रुपन्देहीका ३० बर्षीय जोर्डनविक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएको छ ।
जोर्डनविक्रम श्रेष्ठको नाममा किटानीका साथ लिखित जोहरी दिएपनि प्रहरीले आरोपितलाई अहिलेसम्म नियन्त्रणमा नल्याएको बताएका छन् ।
घटनास्थलबाट प्राप्त प्रमाणका आधारमा लालमतीको आत्महत्या नभई हत्या भएको पिडित परिबारको दावी छ ।
लालमतीले दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलर सेन्टर सञ्चालन गर्दै आएकी थिइन ।
जोर्डनविक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएको भएपनि प्रहरीले पक्राउ गरी अनुसन्धाननै नगरेको मृतक लालमती खत्रीका दाजु टेकराज केसीले बताए ।

मृतक लालमतीको कोठामा आरोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको भएपनि प्रहरीले भने प्रमाण नपुगको भन्दै जोर्डनविक्रम श्रेष्ठलाई पक्राउ गरेको छैन ।
पिडित परिबारले प्रमाणका रुपमा मृतक लालमती र आरोपित व्यक्तिको बीचमा भिडियो च्याटको विवरण, कुराकानी, लालमती बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडियो र भैरहवाको सार्थक बहुउद्देश्यीय सहकारीमा दुवै जनाले गरेको बचत पासबुक परिवारले प्रमाण्का लागि प्रहरीलाई दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुंवरले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपनि आवश्यक कागजात नपुगेको जानकारी गराएका छन् ।
मृतक लालमतीका दाजुहरुले मंगलबार बुटवलमा पत्रकार भेटघाट गरी हत्या गरिएको सप्रमाण प्रहरीलाई बुझाए पनि प्रहरी प्रशासन जोर्डनविक्रम श्रेष्ठलाई पक्राउ गर्न आलटाल गरेको आरोप लगाए ।
मृतक लालमतीको पोष्ट मार्टम गरी लालमतीको शव बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालको मुर्दाघरमा राखिएको छ ।
घटनामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसमम्मको कारवाही नहुंदासम्म शव नउठाउने पीडित परिवारका सदस्यहरुले बताएका छन् ।