नेपालको जयहोस् गीतको छायाकंन शुरु

बुटवल, पुस १५ गते । स्वतन्त्र नागरिक समूह नेपालले नेपालको जयहोस् भन्ने गीतको छायाकंन शुरु गरेको छ ।
स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाउन लागेको हो । समूहले शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट शुभसाइत जुराएर छायाकंन तथा सुटिङ सोही मुक्तिनाथ मन्दिरबाट शुभारम्भ गरेको छ । 
उक्त गीतको शुक्रबार नै तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय र शंकरनगरको वनवाटिकामा पनि छायाकंन गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराए ।
त्यस्तै यही पुस १६ गते शनिबार गौतमबुद्वको जन्मस्थल लुम्बिनीमा पनि छायाकंन तथा सुटिङ गरिने छ ।
राष्ट्रप्रेम र राष्ट्रभक्तिको भावनालाई नेपाली जनसमुदायमाथि प्रस्तुत गरी राष्ट्रको राष्ट्रिय एकता, स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने देशभक्ति आन्दोलनको सवालमा एउटा इट्टा थप्न सक्ने विश्वाससहित गीत छायांकन गर्न लागिएको स्वतन्त्र नागरिक समूह नेपालका अध्क्षय विश्वराज गैरेले जानकारी गराए ।
नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको छायांकन गरिएको छ ।
म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ ।
राष्ट्र भक्तीको भावजालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।
तीन दिनसम्म चल्ने सुटिङ लुम्बिनी, मणिग्राम लगायत पर्यटकीय क्षेत्रहरुमा हुने छ । प्रविधि र प्राविधिक टिम काठमाडौबाट ल्याएर रुपन्देहीको बुटवल, तिलोत्तमा, लुमिबनी लगायतका ठाउंको विभिन्न स्थानमा छायाकंन गरिने छ ।
कलाकार अनिल पहाडीको सहयोगमा नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले जानकारी गराएका छन् ।