नेपालको जयहोस् गीतको छायाकंन लुम्बिनीमा

बुटवल, पुस १६ गते । स्वतन्त्र नागरिक समूह नेपालले नेपालको जयहोस् भन्ने गीतको छायाकंन रुपन्देहीमा भैरहेको छ ।
समूहले शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट शुभसाइत जुराएर छायाकंन तथा सुटिङ सोही मुक्तिनाथ मन्दिरबाट शुभारम्भ गरेको थियो ।
छायाकंन शुरु भएको दोस्रो दिन आज पुस १६ गते शनिबार गौतमबुद्वको जन्मस्थल लुम्बिनीमा छायाकंन तथा सुटिङ गरिएको छ ।
उक्त गीतको बुटवलस्थित मुक्तिनाथ मन्दिरमा, तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय र शंकरनगरको वनवाटिकामा पनि छायाकंन गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराएका छन्    । 
लुम्बिनीपछि बुटवलको नयांगाउंस्थित पिसपार्क र कास्कीको पोखरामासमेत छायाकंन गरी नेपालको जयहोस् भन्ने गिीतलाई अन्तिम रुप दिइने समूहका अध्यक्ष विश्वराज गैह्ेले बताए ।
नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको छायांकन गरिएको छ ।
म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ ।
राष्ट्र भक्तीको भावजालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।
नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले जानकारी गराएका छन् ।
स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाउन लागेको हो ।