अभिभावक संघका वरिष्ठ उपाध्यक्षलाई मातृ शोक

श्यामलाल पोखरेल बुटवल, फागुन ११ । अभिभावक संघ, नेपाल रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा बुटवल कालिका क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष नित्यानन्द ज्ञवाली मातृ शोकमा पर्नुभएको छ । समाजसेवी तथा व्यवसायी ज्ञवालीकी ममतामयी माताको यही फागुन १० गते बुटवलको कालिकानगरमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

७४ वर्षिय स्व. लक्ष्मी ज्ञवालीको हिन्दुहरुको धार्मिक तथा सांस्कृति विधिवूर्पक पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रिणीमा अन्तिम दाहास.स्कार गरिएको छ । स्व. लक्ष्मी ज्ञवालीका चारभाइ छोरा र एक छोरी हुनुहुन्छ । गुल्मीको गुवा निवासी ज्ञवालीको परिवार केही वर्षदेखि रुपन्देहीको बुटवलस्थित कालिकानगरमा बस्दै आएको  छ ।