माघे सक्रान्ति, थारु समुदायको नयां वर्ष

बुटवल, माघ १ गते ।आज माघे सक्रान्ति । विशेष महत्वका साथ मनाइदै छ ।थारु समुदायको माघी पर्वलाई माघी महोत्सवका रुपमा मनाइदै छ ।
माघीको अवसरमा लुम्बिन प्रदेश सरकारले आज र भोली गरी दुई दिन विदा दिएको छ । थारु समुदायले आज माघ १ गतेलाई नयां वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर हर्षोल्लासपूर्वक माघी महोत्सव मनाउदैछन् ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नया वर्ष माघी पर्व पर्दछ । आज तरुल, सखरखण्ड लगायतका कन्दमुल तथा अन्य खाद्यान्न खाने चलन छ ।यो पर्वमा विशेषगरी घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडी लगायतका परिकार बनाएर खाने चलन छ ।
माघे सक्रान्तिका दिन विशेÈ गरी वन तरुल, सखरखण्ड, खु“दो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरु तयार पारेर खाने गरिन्छ । शरीरमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग उत्तम रहेको विज्ञको भनाइ छ ।
तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ । विशेषगरी माघीमा थारु समुदायले घोगी, ढिक्री, मुरही, खिचडी, तिलको लडु, खँरिया, अन्डाभात, तरुल, माछा, खाने गर्दछन् ।
माघे संक्रान्तिको दिन हिन्दुहरुले तिर्थस्थलमा पुगी स्नान गर्ने गर्दछन । यस्तै गुल्मीको धार्मिक क्षेत्र रुरुमा विशेष रुपमा माघे सक्रान्ति मनाइदै छ ।
यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघी पर्वको अवसरमा शुभकामना दिएका छन् ।