लुम्बिनीका सभामुख र उपसभामुखले लिए सपथ

बुटवल, माघ ४ गते । लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् ।
नवनिर्वाचित सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खांड केसीले बुधार पद तथा गोपनियताको शपथ लिएका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा बुधबार घर्तीलाई प्रदेश प्रमुख शेरचनले सभामुखको शपथग्रहण पश्चान उपसभामुख मेनुका खांड केसीको शपथ ग्रहण भएको थियो ।
प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष उपसभामुखले शपथ लिएका हुन् ।
मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको थियो ।
सभामुख घर्ती माओवादीका हुन् भने उपसभामुख राप्रपाकी हुन् ।