पत्रकार रामकृष्ण भण्डारीको सत्ता संघर्ष पुस्तक रुपन्देहीमा विमर्श

बुटवल, माघ १४ गते । पत्रकार रामकृष्ण भण्डारीले लेखेको सत्ता संघर्ष पुस्तकको शनिबार रुपन्देहीमा विमर्श गरिएको छ ।
गुल्मी हुगामा जन्मेर बुटवलबाट पत्रकारिता शुरु गरेका पत्रकार रामकृष्ण भण्डारीले काठमाण्डौमा बसेर पत्रकारिताको दौरानमा सत्ता संघर्ष नामक पुस्तक प्रकाशन गरेका छन् ।
काठमाण्डौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि विमोच गरेको उक्त पुस्तको शनिबार रुपन्देहीको तिलोत्तमामा विमर्श गरिएको हो ।
पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको विशेष कार्यक्रममा उक्त सत्ता संघर्ष पुस्तकको विमर्श गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सत्ताका लागि दलहरुबीच संघर्ष जहांपनि हुने बताए ।
सत्ता परिवर्तनका लागि दलहरुमा हुने संघर्षलाई अन्यथा मान्न नहुने मुख्यमन्त्री गिरीले बताए ।
नेपालको राजनीतिक परिवर्तनबारे निष्पक्ष रुपमा कलम चलाउन आग्रह गर्दै मुलुकका लागि राजीनित चाहिने बताए ।
पत्रकार रामकृष्ण भण्डारीले लेखेको सत्ता संघर्ष पुस्तक महत्वपूर्ण दस्तावेज बन्ने बताउंदै अब पत्रकारहरुले नेपालको राजनीतिक परिदृष्यबारे लेख्नुपर्ने मुख्यमन्त्री गिरीको भनाइ छ ।
राजनजीति गर्ने नेताहरुले गल्ती गरी हालेपनि राजनीतिक दल र दलका नेताहरुलाई तुच्छ दृष्टिकोर्णले हेर्न नहुने बताउंदै उनले भने – सत्ता पवरिवर्तनको राजनीतिमा राजनीतिक दलहरु र ति दलका नेताहरुको मात्र भूमिका छकी अरुको पनि भूमिका छ भन्ने विषयमा पत्रकारहरुले अध्ययन गरेर निष्पक्ष रुपमा लेख्न आवश्यक छ ।
सत्ता संघर्ष पुस्तकको समिक्षा गर्दै डाक्टर आरसी आचार्यले सत्ताका लागि राजनीतिक दलहरुले कस्ता–कस्ता निकृष्ट काम गरे भन्नेबारे पुस्तकले उजागार गरेको बताए ।
महत्वपूर्ण दस्तावेजको रुपमा पुस्तक प्रकाशन भएको बताउंदै व्याक्तिगत स्वार्थका लागि सत्ता र शक्तिकापछि लाग्ने दल र दलका नेताहरुलाई पुस्तकले खवरदारी गरेको बताए ।
नेकपा माओवादी केन्द्रकी नेतृ सोनिया यादवले अब व्यवस्था परिवर्तनका लागि भन्दा पनि जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्ने बताइन ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य सिद्वीचरण भट्टराईले राजनीतिमाथि अराजनीतिको विजय भएको र दलहरुले मुल्यहिन काम गरेकाले जनताको चाहाना अनुसार परिवर्तन नभएको बताए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले राजनीतिमा कुरा अनुसार काम नभएको बताए । उनले राजनीतिक परिवर्तनलाई अब आर्थिक परिवर्तनसंग जोड्नुपर्नेमा जोड दिए ।
लेखक रामकृष्ण भण्डारीले ३० वर्षको अवधीमा २८ वटा सरकार बन्दा जनताको चाहाना गरे अनुसार काम नभएको बताए ।
जनताको मतलाई राजनीतिक दलहरुले सम्मान गर्न नसकेको बताउंदै नेपालको राजनीति परिदृष्यबारे पुस्तक लेखेको बताउंदै पुस्तक लेख्ने पे्ररणा राज्य पक्षको गलत व्यबहार, राजनीतिक दलको सत्ता संघर्षको लडाइ र सांसद चन्द्र भण्डारीको वचन रहेको सुनाए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।