रोटरी क्लव अफ सेन्ट्रल बुटवलले मानव सेवा आश्रमका लागि अक्षय कोष स्थापना

बुटवल, माघ २० गते । रोटरी क्लव अफ सेन्ट्रल बुटवलले आफ्नो आठौ स्थापना दिवस मनाएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लव अफ सेन्ट्रल बुटवलले स्थापना दिवसको अवसरमा मनान सेवा आश्रमका लागि अक्षय कोष स्थापना गर्नुका साथै कम्वल वितरण गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ मोक्षधामसंगै स्थापना गरिएको मानव सेवा आश्रमका लागि १ लाख ११ हजार १ सय ११ रुपैयांको अक्षयकोष स्थापना गरिएको छ । त्यस्तै ५० हजार मुल्यका कम्वल वितरण गरिएको छ ।


रोटरी क्लव अफ सेन्ट्रल बुटवलले स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी अक्षयकोष स्थापना र कम्वल वितरण गरेको हो ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले सामाजिक कामका लागि हरेक मानिस व्याक्तिगत स्वार्थ भन्दा माथि उठ्न जरुरी रहेको बताए ।
मानव सेवा आश्रम सञ्चालन गरेर केयौं बेसहाराहरुले साहारा पाएको बताउंदै उनले भने – मानवीय सेवा गर्नु सबै भन्दा ठूलो काम हो । उनले मानव सेवा आश्रम सञ्चालन र यसको थप विकासका लागि प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।

राजनीतिक अस्थिरताका कारण सरकारले गर्नुपर्ने कामहुन नसकेको बताउंदै जनताको चाहानालाई बुझेर काम गर्नुपर्नेमा जोड दिए ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलका पूर्व अध्यक्ष बाबुराम भट्टराईले मानवले मानवको सेवा गर्नु मानवीय धर्म भएको बताए ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवललाई सामाजिक क्षेत्रमा केन्द्रित गरी गरिबी र असहायलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।


मानव सेवा आश्रमका अध्यक्ष लोकनाथ भुसालले मानव सेवा आश्रम सञ्चालनका लागि वजेटको अभाव रहेको बताउंदै सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता, उपाध्यक्ष बाबुराम बोहोराको स्वागत र सचिव पुरन ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमका १० जना स्वंयसेवीलाई रोटरी क्लव अफ सेन्ट्रल बुटवलले समान्न गरेको छ ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवलको मुल मर्म र उद्वेश्य अनुसारमा सामाजिक क्षेत्रमा थिप क्रियाशील हुने र मानव सेवा आश्रममा आऋय लिएका बेसहाराहरुलाई सहयोग गर्दै जाने अध्यक्ष हिमाल गैरेले प्रतिवद्वता जानाएका छन् ।