माविस्तरीय फुटबलमा स्मृति बोर्डिङ् विजयी
![](https://nayadishaonline.com/wp-content/uploads/2021/03/IMG_8795-1-scaled.jpg)
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/357622966_794524715535073_6037331566326578600_n.jpg)
चैत्र २, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाद्वारा आयोजित अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी भएको छ ।
आइतबार भएको फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले सिद्धार्थ बोर्डिङ् स्कलुलाई ७–० ले पराजित गरी प्रथम भएको हो । विजयी टिमलाई एक समारोहका बीच तिलोत्तमा नगरपालकिाका शिक्षा,युवा तथा खेलकुद् शाखा प्रमुख गंगाराम आचार्यले रु. पचास हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । द्वितीय हुने सिद्धार्थ बोर्डिङ् स्कुलले नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।
प्रतियोगितामा वेस्ट प्लेयर स्मृति बोर्डिङ् स्कुलका सरोज दर्लामी भएका थिए भने बेस्ट गोलकिपर स्मृति बोर्डिङ्का सुयोग काला मगर र हाइ स्कोरर स्मृति बोर्डिङ् स्कुलकै सुवास बम ठकुरी भएका थिए । यसै गरी बेस्ट कोच स्मृति बोर्डिङ् स्कुलका पुकार गहतराज, बेस्ट डिफेन्डर जनज्योति माविका मनिस केप्छाके र फेयर टिम कुँवरवर्ती बोर्डिङ् स्कुलले प्राप्त गरेका थिए ।
फागुन २२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १६ वटा विद्यालयले भाग लिएका थिए ।
जनज्योति क्लबको संयोजनमा सञ्चालित प्रतियोगिता तिलोत्तमा–४ स्थित जनज्योति क्लबको खेलमैदानमा सम्पन्न भएका थियो ।
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/308463823_1115005542726158_1075373799681304027_n.jpg)