लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार, जसपालाई मन्त्री

बुटवल, फागुन ८ गते। लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।भण्डारीलाललाई सोमबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका हुन् ।एक साता अघि कृषिमन्त्री बन्नुभएका तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा राखेर जसपाका अहिरलाई मुख्यमन्त्री गिरीले मन्त्री बनाएका हुन् ।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यस मध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति भएको थियो । सोही सहमति अनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेकी छन् । उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ ।

मुख्यमन्त्री गिरीसंगै पुस २८ मा बिना विभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।
उनको जिम्मेवारी अस्वीकार गर्दै पदवहाली गर्नुभएको छैन । लुम्बिनी प्रदेशमा अब ११ मन्त्री भएका छन् ।
यद्यपी मन्त्रालय भने १० वटै राखिने र एमालेबाट यसअघि कृषि मन्त्री बन्नेका तुल्सी शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्नेगरी विना विभागीय रुपमा राखिने छ ।
सरकार जोगाउनका लागि एमालेले बनी सकेका मन्त्री तुल्सी शर्मालाई हटाएर जसपालाई सरकारमा ल्याएको हो ।