अभिभावक पदमबहादुर बा स्वास्थ्य लाभको कामना

श्यामलाल पोखरेल
हक्की र निडर स्वभाव । सहयोगी भावनाका ब्यक्तित्व पदमबहादुर जीसी । प्यूठानको साविक ओखरकोट गाविस हाल झिमरुक गाउंपालिका वडा नम्बर ५ मा आमा मोतीकुमारी जीसी र बुवा यमबहादुर जीसीको कोषबाट २००७ साल माघमा जन्म भएको थियो पदमबहादुर जीसीको ।
कम्युनिष्ट आन्दोलनमा लागेर निष्ठापूर्वक काम गर्नुभएका पदमबहादुर जीसी २०५० साल बैशाकमा सपरिवारसहित बुटवल झर्नुभएको हो ।
भारतको भुवनेश्वरको उडिसामा जागिर गर्दै आउनुभएका पदमबहादुर जीसी नेकपा मासलको भारतस्थित संगठन एकता समाजका नेता हुनुहुन्थ्यो ।
उडिसाबाट पार्टीको सल्लाहामा बुटवल आउनुभएको हो । बुटवल आएर विशाल पुस्तक पसल सञ्चालन गरेर कम्युनिष्ट आन्दोलनमा लाग्न हजारौ मानिसलाई प्रोत्सान गर्नुभएको थियो, पदमबहादुर जीसीले ।
अति सहयोगी र खुल्ला दिलका पदमबहादुरले भेटहुने सबैलाई मायां गर्नुहुन्छ । बुटवल जस्तो व्यस्त बजार अस्पताललाईनमा रहेको विशाल पुस्तकमा जुनसुकै समयमा जाने चिनजानका मानिसलाई आफ्नो व्यवसाय छोडेर सन्चो बिसन्चो सोध्ने र खाना खानुभएकी भएन भनेर सोध्ने उहांको भुल्न वा विर्सनै नसकिने बानी छ उहांको को ।
खाना नखाएको थाहा पाएमा नजिकै रहेको होटलबाट चिया वा केही नास्ता खुवाउने र समस्यामा परेका मानिसलाई सांझ घरमै लगेर वास दिने उहांको कहिल्यै भुल्न नसकिने व्यवहारिक पक्ष थियो ।
उहांले निःशुल्क खान बस्नको व्यवस्थासमेत बुटवलमा धेरैलाई गर्नुभयो ।
मानवीय सेवादेखि सामाजिक सेवामा क्रियाशील पदमबहादुरले सहयोग गर्नुका साथै गाली पनि गरीहाल्ने उहांको बानी छ ।
तलाई गरिब मारा खा । खानुपर्छ राम्रो काम गनुपर्छ भनेर गाली गर्ने पनि उहांको बानी अहिले पनि छ ।
तलाई गरिब मारा भनेपनि उहांसंग कोही रिसाउनन् । सबैका प्रीय पात्रा पदमबहादुर जीसी रुपन्देहीको बुटवल लगायत विभिन्न ठाउंमा स्थायी, अस्थायी रुपमा बस्ने हरेक प्यूठानीको अभिभावक हो पदबबहादुर जीसी बा ।
सहयोगी स्वभावका मनका धनी उहां अहिले केहीदिनदेखि विरामी हुनुहुन्छ ।
७२ वर्षिय पदमबहादुर जीसी पे्रसरका कारण विरामी भएपछि बुटवलको लुम्बनी प्रादेशिक अस्पतालको आसियुमा उपचार गरेर आज २०७९ फागुन १२ गते शुक्रबार बुटवलको चन्द्रनगरस्थित आफ्नै निवासमा जानुभएको छ ।
औषधीको भरमा अहिले आरम गर्नुभएका पदमबहादुर जीसी बाप्रति पूर्णस्वास्थ्य लाभको कामना गर्दछु ।
मैले घर छोडेपछि मेरो जीवनको अभिभावक पनि हो उहां । म बुटवल क्याम्पसमा पढ्न २०५६ सालमा बुटवल झरेपनि मेरो उहांसंग २०५३ देखि नै नजिकको चिनजान थियो । २०५४ सालमा म काठमाण्डौ बस्थे नेकपा मसालका महामनत्री कमरेड मोहनविक्रम सिंहले मलाई २०५४ सालमा बुटवल जान भन्नुभयो । काठमाण्डौबाट तत्कालिन नेकपा मसालका प्रवक्ता दिननाथ शर्माले ४ सय आइसी भाडा दिएपछि म काठमाण्डौबाट बुटवलको गाडी चढे ।
बुटवल गएर विसाल पुस्तक सदनमा पदमबहादुर जीसीलाई भेट्नका लागि मलाई ठेगाना दिईएको थियो ।
बुववल झरेपछि अस्पतालालाईनमा रहेको विशाल पुस्तक पसलमा पसेर नमस्ते बा भने । नमस्कार फर्काउदै मलाई उहांले ओ होर गुरु आउनुभयो र आफ्नो नजिकै रहेको पानीको बोत्तल रहेछ । लउ पानी खानुस तिर्खा लागेको होला भन्नुभयो ।
मलाई काठमाण्डौबाट आउंछ भन्ने पहिल्यै थाहा रहेछ । सन्चो बिसन्चो सोध्नुभयो र मलाई पार्टी अफिसमा जान भनेपछि म उहांले पठाएको ठाउंमा गए ।
अर्को दिनदेखि उहांसंगै दैनिकजसो भेट हुन थाल्यो । मेरो असल अभिभावक बन्नुभयो ।
पछि म करिव एक वर्षको बुटवल बसाइपछि प्यूठान गएर पुनः पढ्का लागि २०५६ मा बुटवल झरेदेखि मेरो उहांसंग निरुन्तर भेटघाट भयो र मेरो जीवनको एउटा असल अभिभावक बन्नुभयो ।
प्यूठान र प्यूठानी भनेपछि हुरुक्कै हुने उहां २०५० सालदेखि हालसम्म रुपन्देहीमा रहेका सबै प्युठानीको अभिभावक हुनुहुन्छ ।
उहांकै नेतृत्वमा हामीले २०५७ सालमा साझा संस्थाको रुपमा प्यूठान रुपन्देही सम्पर्क मञ्च गठन गरियो ।
२०५९ सालमा हाम्रो प्यूठान – रुपन्देही सम्पर्क मञ्च २०५९ सालमा जिल्ला प्रशासनमा दर्ता गरायौ र उहांलाई नै अध्यक्ष बनायौ । उहां प्यूठान रुपन्देही सम्पर्क मञ्चको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
साझा संस्था प्यूठथान रुपन्देही सम्पर्क मञ्चमा राजनीति गर्न नहुने र कुनैपनि पार्टीको सार्वजनिक पदमा रहेका मानिसलाई मञ्चको कार्यसमितिमा राख्न नपाइने भनी उहांले संस्था गठन गर्दा भन्नुभएको मलाई अहिल्यै झै लाग्छ ।
उहां हाम्रो अभिभावक मात्र बन्नुभएन प्यूठानबाट उपचार गर्न बुटवल आएका हरेक जसो मानिसलाई डाक्टरकोमा पुराउन व्यवस्था मिलाउने र पसलबाट सबै व्यवस्था मिलाएर अहिलेसम्म हजारौ प्यूठानीको स्वास्थ्य उपचार गराएर पठाउने काम गर्नुभयो । उहां अहिले आफै अस्वस्थ्य हुनुहुन्छ ।
केही दिनको लुम्बिनी प्रादेशिक अस्पतालको उपचारपछि उहांले घरमै आरम गर्नुभएको छ । उहांको आत्मवल उच्छ । एकातिर औषधी चलिरहेको छ, भने अर्कोतर्फ उहांसंग ठूलो आत्मवल छ ।
उहांको त्यो आत्मवल देख्दा छिटै ठिक हुन्छ भन्न सकिन्छ । उहांको सेवामा छोरा दीपेन्द,्र छोरी मायां बुहारी, भाई मेगबहादुर जीसी र भाई बुहारी लगायत घरपरिवार उहांको सेवामा दिनरात खटिनुभएको छ ।
घर भित्रको परिवपारबाहेक प्यूठान– रुपन्देही सम्पर्क मञ्चका सचिव प्रीय भाई प्रदीप जीसीले पनि बा को उपचारका लागि निकै समय दिनुभएको छ । हामीले पनि उहांको उपचारमा केकसो छ कस्तो भयो ? कहिलेसम्म सन्चो हुन्छ भनेर चासो दिइरहेका छौ ।
दैनिकजसो अस्पताल जाने बुझ्ने गरेका हामीहरु अहिले घरमा जाने गरेका छौ । त्यस्तै भेट्न आउने दाजुभाई, इष्टमित्रहरुको घुइचो छ । सबैले स्वास्थ्य लाभको कामना गरेका छौ ।
धेरै जटिल प्रकारका विरामीहरु निको भएकाले हाम्रा अभिभावक पदमबहादुर जीसी बा को स्वास्थ्य छिट्टै निको हुनेछ ।
तपाईसंग भेट भएपछिका छुप्रै अविशमरणीय छेडका कथा व्याथा छन् । तपाईलाई छिटो निको होस् म ति कथा व्याथा लेख्दै जाने छु । पूर्णस्वास्थ्य स्वास्थ्य लाभको कामना ।
हामीलाई अर्तिबुद्दि दीन र अभिभावको भूमिका निर्वाहाका लागि पनि तपाई छिटो उठ्नुपर्छ, पदम बा । म र हामाी सबै तपाईको स्वास्थ्य लाभको कामना गरिरहेका छौ …….. डियर लभ यु पदम बा ।
श्यामलाल पोखरेल
अध्यक्ष
प्यूठान – रुपन्देही सम्पर्क मञ्च ।