सुनसान बन्दै बुटवल

श्यामलाल पोखरेल
बुटवल, फागुन १७ गते । हरेक हिसावले अग्रस्थानमा मानिन्छ रुपन्देहीको बुटवल ।उद्योग, व्यापार तथा व्यवसायसंगै राजनीतिक र सामाजिक क्षेत्रमा पनि अग्रस्थानमा मानिने बुटवल अहिले सुनसान जस्तै बन्न थालेको छ । हरेक हिसावले चलायमान बुटवल बजारको चहलपहल अहिले क्रमस सुनसान हुंदै गएको ।
मध्ये नेपालको ठूलो शहरको रुपमा मानिने बुटवल बजार आर्थिक मन्दीका कारण क्रमस सुुस्ताउंदै गएको हो ।

पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, अर्घाखांची, प्यूठान, रोल्पा, नवलपरासी, कपिलवस्तु र दाङको व्यापार व्यवसाय बुटवलबाटै चलायमान हुने बुटवल पछिल्लो केही महिनादेखि सुस्ताएको छ । पहाडी र केही तराईका जिल्लाबाट बुटवल बजार गर्न आउने व्यवसायी पनि अहिले गाउंगाउंमा बजार विस्तार भएपछि आउन छोडेकाले पनि बुटवल सुनसान हुंदै गएको हो ।
कोरोना कारण थला परेको बुटबल बजार अहिले आर्थिक मन्दीका कारण थप संकटमा परेको देखिन्छ । त्यस्तै उद्योगी व्यवसायीहरुका अनुसार लुम्बिनी प्रदेशको राजधानी दाङमा सर्दा पनि बुटवलको चहलपहलमा कमी आएको छ ।
पहडा र तराईका जिल्लाबाट बुटवल बजारका लागि व्यवसायी कम आउनु, कोरोना संक्रमण, प्रदेश राजधानी सर्नु र पछिल्लो समय आर्थिक मन्दीका कारण बुटवल बजारको चहल– पहल घट्दा व्यवसायी समस्यामा परेको बताउंछन् पर्यटन व्यवसायी समुन्द्र जीसी ।

आर्थिक मन्दीका कारण व्यवसायीले सटकर भाडा र बैंकको व्याज चलाउन नसकेको अवस्थामा पुगिएको बताउ छन् अर्का पर्यटन व्यवसायी प्रदीप जीसी ।
बुटवल बजारमा पछिल्लो केही महिनादेखि व्यवसाय चलिरहेका सटरहरु खाली हुंदै गएका छन् । घरधनीले यो सटर भाडाको लागि खाली छ भन्दै व्यानर तथा पोष्टर टांसेर विज्ञापन गरेको देख्न सकिन्छ । गेको बताउनुभयो उद्योग व्यापार संगठनका सचिव पदम जीसी । बुटवल उद्योग वाणिज्य संगठनका सचिव पदम जीसीले बैंक र घरभाडा अचाक्लीवृद्वि हुंदा व्यवसायीले व्यापार व्यवसाय छोड्नेक्रम बढेको बताए ।

अहिले बुटवलको गोलपार्क, हाटवजारलाईन, अमरपथ, रामन्दिरलाईल, संगम पथ, राममन्दिरलाईन, पाल्पारोड, जेसीजचोक, ट्राफिकचोक, अस्पतालालइन, मिलनचोक, सुख्खानगर, चौराहा, कालिकानगर, दीपनगर, देवीनगर, योगीकुटी लगायतका बजार क्षेत्रका केयौं सटहरहरु खाली भएपछि विज्ञापन गरेको देखिन्छ ।
आर्थिक मन्दी हुंदापनि राज्यले व्यवसायीको समस्या नबुझेकाले घरधनी र बैंकहरुको मनोमानीले व्यवसाय चौपट भैसकेको व्यवसायीको गुनासो छ ।
रुपन्देहीका उद्योगी व्यवसायीहरुले संस्थागत रुपमा बैंकको व्याज र घरभाडा घटाउन सरकारलाई ज्ञापन पत्रसमेत बुझाई सकेका छन् ।
हरेक हिसावले चलायमान, आर्थिक हवको रुपमा विकास हुंदै गएको बुटवललाई अब पुरानै लयमा फर्काउन सबै पक्षलाई चुनौती छ ।