अखिल छैठौंद्दारा बुटवलको सिद्दार्थ क्याम्पसमा तालावन्दी

बुटवल, फागुन १९ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ ।
टियुको निर्देशन विपरित बुटवलको सिद्दार्थ क्याम्पसले अखिल छैठौं लाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको हो ।
आगमी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउंसो ३ वजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो ।

 


संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ वजे भएपनि २ वजे अगाडी नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जांदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालावन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए । सिद्वार्थ क्याम्पसले आफ्नो अनुकुल अनुसार संगठनको नाम दर्ता गर्ने तालिका बनाएको र सोही तालिकाको समय भित्र नआएकाले दर्ता गर्न नदिएको क्याम्पस प्रमुख विष्णु रानाले बताए ।

उनले टियुको तालिका अनुसार सिद्वार्थ क्याम्पसले संगठनको नाम दर्ता गर्ने समय र तालिका फरक बनाएको बताए ।
निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईले नियतबस संगठनको नाम दर्ता गर्न नदिने काम भएको होइन, उंहाहरु ढिलो आएकाले हो । कसरी हुन्छ भोली २० गते बिहान एक पटक बसेर मिलाएर लैजानका लागि पहल गरिने गर्ने बताएका छन् ।

लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा संगठनको नाम दर्ता गराउन नदिए आवश्यक अनुसार आन्दोलनमा उत्रने र आन्दोलनको क्रममा हुने क्षतीको जिम्मा क्याम्पसले लिनुपर्ने अखिल छैठौंका केन्द्रिय सचिव सरोजमान सिंहले बताएका छन् ।
संगठनको नाम दर्ता नहुंदासम्म तालावन्दी नखोल्ने अखिल छैठौंका विद्यार्थी नेताहरुले बताएका छन् ।