शकरनगर सामुदायिक वनद्दारा रक्तदान कार्यक्रम आयोजना

बुटवल, फागुन २० गते । रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले रक्तदान गरेको छ । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ ले २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
सममूदाविक वनले शनिबार आफ्नो वार्षिक कार्ययोजना अनसार रक्तदान आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सामुदायिक वनले मानवलाई आवश्यक पर्ने रक्तदान जस्तो महत्वपूर्ण काम गरेको भन्दै अन्य संघसंस्थाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

 


उनले तिलोत्तमा नगरवासीका लागि तिलोत्तमा नगरपालिकाले निःशुल्क रगतको ब्यवस्थाका लागि रक्तसञ्चार सेवा केन्द्रसंग सम्झौता गरेको वताउंदै उनले भने –समाजका अगुवाहरुको प्रयाशले वन जंगल र जमिन जोगिएको छ । वनलाई जनताको आर्थिक विकास र समृद्धिसंग जोड्नुपर्ने उनले बताए ।
नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले संघसंस्थाहरुले संस्थाको कोषबृद्धि गर्नुभन्दा मानवीय सेवामा लाग्नु उक्तम हुने बताई ।
सामुदायि वन, खानेपानी संस्थाहरुले जनतालाई दिने सेवा महंगो भएको भन्दै उनले भनिन् – नागरिकसंग सिधै सरोकार राख्ने सामूदायिवक वन जस्था संस्थाहरुले नागरिकलाई सहुलियत दिनुपर्छ ।

समूहका अध्यक्ष रबिन्द्र वस्नेतले शिक्षा, स्वास्थ्य र सामाजिक विकाससंगै सामुदायिक वनले मानविय सेवा अन्तर्गत वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
सामुदायिक वनको संरक्षण र दिगो विकासका लागि सबैको महत्वपूर्ण भूमिका रहेकाले सामूदायिक वनको संरक्षणप्रति सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समूहका संस्थापक अध्यक्ष केशवराज नयौपाने, उपाध्यक्ष कमला ज्ञवाली र सचिव कालिका अधिकारीले भूमाफियाहरुले हडप्न खोजेको ८२ विगाह जग्गा जोगाउन सफल भएको भन्दै वनको संरक्षण, दिगो विकास र चोरी निकाशी नियन्त्रणका लागि सवैलाई साथ सहयोग दिन आग्रह गरे ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा वनका पदाधिकारी, सदस्य, कर्मचारी र विभिन्न क्लवका प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।
२०५२ साल फागुन २० गते जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भई जिल्लाको पहिलो सामुदायिक वन बन्न सफल शंकरनगर सामुदायिक वनले गत वर्षदेखि वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम शुरु गरेको हो ।
५ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।