सिद्धार्थ उधोग बाणिज्य संघमा नयां नेतृत्व चयन– अध्यक्षमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा आचार्य

भैरहवा, फागुन २१ गते । रुपन्देहीको सिद्धार्थ उधोग बाणिज्य संघको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रतिद्वन्द्वी विजय पाण्डेलाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
२ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २८ जनाले मतदाता निर्वाचन प्रकृयामा भाग लिएका थिए ।

 


जसमध्ये अध्यक्षमा श्रेष्ठले १ हजार १ सय ७ मत पाउंदा उनका प्रतिद्वन्द्वी पाण्डेले ६ सय ८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिवप्रसाद गौडेलले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले उधोगी ब्यवायीका समस्या समाधान गर्न आफ्नो कार्यकालमा अधिकतम प्रयास गर्ने प्रतिवद्वता जनाएका छन् ।
प्रमुख निर्वाचन अधिकृत गौडेलका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य १ हजार २ सय ५५ मत ल्याई विजयी भएका छन् ।
निर्वाचन अधिकृत गौडेलका अनुसार प्रतिद्वन्दी अरुणकुमार गोयनकाले ५ सय ४७ मत मात्र प्राप्त गरेका छन् ।

सबै भन्दा बढी अर्थात पराकिलो मतले आफ्रना प्रतिद्वन्द्वीलाई पछिपार्दै वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य विजयी भएका हुन् ।
यस्तै, उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली १ हजार १ सय २३ मत पाई विजयी हुंदा प्रतिस्पर्धी रविकुमार श्रेष्ठले ६ सय ४३ मतमात्र प्राप्त गरेका छन् ।
उद्योग उपाध्यक्षमा दिलिपकुमार कान्दु ८ सय ९४ मत ल्याई निर्वाचित हुंदा प्रतिद्वन्दी हरिबहादुर थापाले ८ सय ७३ मत प्राप्त गरे । महासचिवमा कृष्णप्रसाद घिमिरे ९ सय ६१ मत ल्याइ विजयी हुंदा निकटतम प्रतिद्वन्द्वी गोपाल भण्डारीले ८ सय ४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा कमलप्रसाद मरासिनी ८ सय ७७ मत ल्याइ विजयी भएका भएकाछन् । कोषाध्यक्षका प्रतिद्वन्द्वी गौरब श्रेष्ठले ५ सय १८ मत र सोही पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३ सय ६२ मत ल्याएको निर्वाचन अधिकृतले बताएका छन् । सचिवमा मंगल भण्डारी ९ सय ९२ मत ल्याइ विजयी हुंदा प्रतिद्वन्द्वी धर्मवीर शर्माले ७ सय ७९ मत ल्याए ।
बस्तुगत सदस्यमा ५ मत ल्याइ प्रितम रौनियार विजयी हुंदा उहांका प्रतिद्वन्द्वी चन्द्रप्रकाश श्रेष्ठले ४ मत ल्याउनुभयो । उद्योगतर्फ खुल्ला सदस्यहरुमा ओम जैसीले १२ सय ४१, रमेश घिमिरेले ११ सय ७७ रचना क्षेत्रीले ११ सय ५६, कमल ज्ञवालीले ११ सय २७ र विष्णुमाया शर्मा पौडेलले ८६१ मत ल्याइ विजयी भएका छन् ।
वाणिज्यतर्फ खुल्ला सदस्यमा अर्जुन कार्कीले १२ सय १० प्रमोद रिजालले १३ सय १, विशाल जैसवालले १२ सय ८३, कृष्ण प्रसाद अधिकारीले १२ सय ७६, वीरेन्द्र ज्ञवालीले १ हजार ७५, दिनेशमान अमात्यले १२ सय ४६, अभिनवमयुर कसौधनले १२ सय ७१, धर्मराज आचार्यले १३ सय ७८, मिना पन्थीले १४ सय २८ र विजय अधिकारीले १३ सय ७ मत ल्याई विजयी भएका छन् ।

संघको कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सहकोषाध्यक्षमा संजयकुमार बेरिवाल, कर्पोरेट सदस्यमा अर्पितकुमार अग्रवाल र विकासकुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद गौडेलले बताए ।