अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

बुटवल, फागुन २४ गते । आज १ सय १३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । देशभर बिबिध कार्यक्रम गरी मनाइदैछ । नेपालमा लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुंचको विस्तार भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइंदै छ ।
सरकारले नारी दिवसको दिन आज सार्वजनिक विदा दिएको छ ।महिला अधिकार र समानताका लागि हरेक वर्ष मार्च ८ मा विश्वभर मनाइने अन्तराष्र्टि«य श्रमिक महिला दिवस विगत केही वर्षदेखि नेपालमा मनाउन थालिएको हो ।

सन् १९ सय ८ मा समान कामको समान ज्यालाको सुनिश्चितता मातृत्व लगायतका माग राख्दै अमेरिकाको न्यूयोर्कमा गार्मेन्ट उद्योगमा कामगर्ने महिलाहरु कारखानाका मालिकविरुद्ध सडकमा उत्रिएका थिए । त्यसअघि १८ सय ६९ मार्च ८ मा फ्रान्सकी महिला क्लारा जेटकिनको नेतृत्वमा भएको श्रमिक महिलाहरुको सम्मेलनले महिला अधिकारका विषयमा आवाज उठाएको स्मरणमा सन् १९११ देखि हरेक वर्ष ८ मार्चमा श्रमिक महिला दिवस मनाउन थालिएको हो ।

विश्वमा श्रमिक महिला दिवस मनाउन लागेको ११३ वर्ष पुगेपनि नेपालमा भने २०१६ सालदेखि मनाउन थालिएको हो ।श्रमिक महिला दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले कार्यक्रम आयोजना गरेका छन् ।

आज रुपन्देहीको बुटवल, भैरहवामा विभन्न दल निकट महिला संघ, संगठनहरुले अन्चतर्राष्ट्रिय महिला दिवस मनाउंदै छन् ।