स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुले चलायो हस्ताक्षर अभियान

बुटवल, फागुन ३० गते । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसले स्ववियु निर्वाचनको माग गर्दै हस्ताक्षर अभियान चलाएको छ ।
आगमी चैत्त ५ गते हुने भनिएको स्ववियु निर्वाचन नहुने भएपछि स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुले हस्ताक्षर अभियान चलाएको हो ।
चैत्र ५ गते नै स्ववियु निर्विाचन हुनुपर्ने क्याम्पस प्रशासनसंग माग गर्दै हस्ताक्षर अभियान चलाईएको अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसका इन्चार्ज विजय कार्कीले बताए ।

कांगे्रस निकट नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संगठनले निर्वाचन भाड्न लागेको अनेरास्ववियुको आरोप छ ।
निर्वाचन भाड्ने उद्वेश्यले नेविसंघले क्याम्पसमा ताला लगाएको हुंदा उक्त ताला खोली तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको प्रमुख माग रहेको छ ।