लेखा समूह रुपन्देहीको वार्षिक साधारण सभा, नवआगन्तुक लेखा कर्मचारीलाई स्वागत

बुटवल,८ चैत । लेखा समूह रुपन्देहीको वार्षिक साधारण सभा, स्वागत, विदाई तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

लेखा समूह रुपन्देहीका अध्यक्ष तथा कोलेनिका रुपन्देहीका कोष नियन्त्रक युवराज पौडेलको अध्यक्षता, लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, लेखा समूहका संरक्षकद्वय रुपन्देहीका प्रमुख कोष नियन्त्रक चन्द्र प्रसाद भुसाल तथा प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवाली र प्रहरी उपरीक्षक प्रवीण पोख्रेलको विशिष्ट आतिथ्यता रहेको लेखा समूह रुपन्देहीका सचिव तथा लेखा अधिकृत आलोक अग्रहरीले जानकारी दिनुभयो ।

समूहका उपाध्यक्ष तथा लेखा नियन्त्रक नवीन श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष हरि प्रसाद ज्ञवालीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सो अवसरमा लेखा समूह रुपन्देहीले प्रकाशन गरेको लेखा डायरीको विमोचन गरिएको थियो ।

कार्यक्रममा रुपन्देही जिल्लामा नवआगन्तुक लेखा समूहका कर्मचारीलाई स्वागत गरिएको थियो भने अवकाशप्राप्त कर्मचारीहरुलाई विदाई गरिएको थियो ।

त्यस्तै कार्यक्रममा लेखा समूहका पूर्व कार्यसमिति पदाधिकारीहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा रुपन्देही जिल्लाका सरकारी कार्यालयका १५० बढी लेखा समूहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।