बुटवलमा उपभोक्ता हित संरक्षण दिवस मनाइयो

बुटवल, चैत्र १ गते । बुटवलमा उपभोक्ता हित संरक्षण दिवस मनाईएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, बुटवलको आयोजनामा बुधबार उपभोक्ता हित संरक्षण दिवस मनाईएको हो ।उक्त कार्यक्रममा बोल्ने सरोकारवालाहरुले हरेक क्षेत्रमा उपभोक्ता ठगिएको बताएका छन् ।
हरेक क्षेत्रमा उपभोक्ता दिनदाहाडै ठगिदा पनि राज्यले कारवाही गर्न नसकेको उनीहरुको गुनासो छ ।उपभोक्ताको हितमा नियमित रुपमा वजार अनुगमन गर्न सरोकारवालाहरुले तिनै तहका सरकार र सारोकारवाला निकायलाई आग्रह गरेका छन् ।
बजारमा पछिल्लो समय घट्दो उत्पादन र बढ्दो आयातिन खाद्यान्नमा देखा परेको विषादियुक्त खाद्यवस्तुले मानव स्वास्थ्यमा गम्भीर दीर्घकालीन असर पर्ने चुनौती देखिएको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुको निष्कर्ष छ ।
कार्यक्रममा वोल्दै बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले व्यवसाय र उपभोक्ता दुवै पक्षलाई सचेत हुन आग्रह गरे ।
उपभोक्ताको स्वास्थ्यको ख्याल गरेर गुणस्तरी समान विक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गर्दै आफुले किनेको समान गुणस्तरीय छकी छैन भन्ने विषयमा ढुक्क भएर मात्र समान खरिद गर्न उपभोक्तालाई आग्रह गरे ।
नगर उपप्रमुख सावित्रादेवी अर्यालले उपभोक्ताको हितलाई सबैले ख्याल गर्नुपर्ने बताउंदै देशका सबै नागरिक उपभोक्ता भएकाले सबै सचेत हुनुुको विकल्प नभएको बताइन ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल, लुम्विनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले उपभोक्ताप्रति सबै उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष तथा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसीले बजारमा आफुहरुले होटल व्यवसायदेखि सहकारीसम्म अनुगमन गर्दै आएको वताए ।
कार्यक्रममा बुटवल उद्याग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, रुपन्देही व्यापार संघका उपाध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघका विष्णु पाण्डे, बुटवल उपमहानगरपालिका अनुगमन तथा मूल्याकंन शाखा प्रमुख ठगिश्वर पोखरेल लगायतले बोल्दै उपभोग्यवस्तु किन्दा लेवल भएका र मुल्यसूची टांसिएका गुणस्तरी वस्तु मात्र खरिद गर्न आग्रह गरेका छन् ।