रुपन्देही तिलोत्तमाको मंगलापुर–कान्छीबजार सडक विस्तारमा विवाद

बुटवल, चैत्र ३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुरदेखि कान्छीबजार सडक खण्ड विस्तार तथा निर्माणमा विवाद भएको छ । नगरपालिकाले एकतर्फी रुपमा सडक निर्माणको काम अगाडी भन्दै स्थानीयले विरोध जनाएपछि विवाद भएको हो । स्थानीयले सडक विस्तार पीडित संघर्ष समिति गठन गरी नगरपालिकाले जवरजस्ती रुपमा सडक विस्तारको कामलाई अगाडी बढाएको भन्दै बिरोध जनाएका छन् ।

सडक बिवस्तार पीडित संघर्ष समितिका संयोजक प्रदिप थापाले नगरपालिकाले स्थानीयको कुरा नसुनी मनोमानी ढंगले सडक विस्तारको काम गरेकाले बिरोध गरिएको बताए । आफुहरु विकास विरोधी नभएको तर नगरपालिकाले हाम्रो कुरै नसुनेपछि बिरोधमा उत्रनु परेको लुम्विन टेलिभिजनलाइ बताए ।

साठी घरधुरी र विभिन्न संघ संस्थाको घर, टहरा लगायत भौतिक संरचनामा क्षती पुराएर सडक विस्तार गर्न लागिएको स्थानीयले बताएका छन् । मंगलापुर–कान्छीबजार सडक अन्तरगत करहिया चोकदेखि सेमराबजार दर्शनटोल सम्मको खण्डमा समस्या भएको स्थानीय रक्षा तिवारीले बताइन ।
सडक विस्तार गर्दा सडकको बीच भागबाट नापेर ४३ फुट कायम गरी निर्माण कार्य अघि बढेको तर, आफुहरुको यस खण्डमा यो मापदण्ड विपरित सडक बीचबाट ननापी सडक छेउको भैलोभूज कुलानहरबाट ४८ फुट कायम हुने गरी पुरानो बाटोको उत्तरतर्फ मात्रै एकतर्फी ४८ फुट कायम गरेर बाटो निर्माण कार्य अगाडि बढ्दा घर तथा भौतिक संरचनामा ठूलो क्षति पुग्ने भएकाले बिरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

स्थानीय यमबहादुर थापाले भैलोभुज नहरको चौडाई भाग ३० फुट कायम रहेकाले यसलाई १० फुट बाटोको दक्षिण सारेर सडक निर्माण गर्नुपर्ने बताए ।
कुलो तथा नहरलाई करिब १० फुट सारेर सडक बिस्तारका लागि ठाउं पुग्ने र कुलो सार्दा कसैलाई पनि असर नपर्ने भएकाले नगरपालिकालाई सोही अनुसार सडक निर्माण अगाडि बढाउन स्थानीयले अन्ुरोध गरेका छन् ।
नगरपालिकाले एकतर्फी रुपमा सडक विस्तार गर्दा शिब मन्दिर, सिद्धार्थ गुम्वा, विद्यालय, स्वास्थचौकी लगायत सेमराबजार उत्तरतर्फ रहेका अधिकांश घर तथा भौतिक संरचनामा क्षति पुग्ने र दर्जनौ घर परिवार विस्थापित हुने स्थानीयको भनाइ छ ।
कसैलाई पनि विचल्लीमा नपारी स्थानीय जनताको कुरा सुनेर सडक विस्तारका लागि अवरोध नगर्ने र हामी विकास विरोधी नभएको संघर्ष समितिका संयोजक प्रदीप थापाले बताए ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले विकासका काम गर्दा कसैलाई पनि मर्का नपर्ने गरी काम अगाडी बढाइने र सडक विस्तारको काम नरोकिने बताए ।
विकासका काममा नगपालिकालाई साथ सहयोग दिन नगर प्रमुख खांणको आग्रह छ ।