तिलोत्तमा गोल्डकप शुरु, पहिलो दिनको खेलमा सुदुरपश्चिम विजयी

बुटवल, चैत्र ४ गते । शनिबारदेखि बुटवलको एन्फा टेक्निकल सेन्टरमा तिलोत्तमा गोल्डकपको २२ औं संस्करण शुरु भएको छ ।तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदुरपश्चिम ११ विजयी भएको छ ।
घरेलु टिम रुपन्देही ११ लाई ३–१ गोल अन्तरले हराउंदै सुदुरपश्चिम ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमका लागि दुई गोल फार्गुराम थारुले गरे । त्यस्तै अर्को गोल सोम्य हार्दिकले गरे ।रुपन्देही ११ का लागि एक मात्र शान्त्वना गोल खेलको ईन्जुरी समयमा फोडे फोफोनाले पेनाल्टी मार्फत गरे ।
घरेलु मैदानमा दर्शकको साथ पाएको रुपन्देही ११ ले केही राम्रा अवसर पाएपनि सदुपयोग भने गर्न सकेन । सुदुरपaश्चिम ११ अब क्वाटरफाईनलमा भोली आईतबार हुने हिमालय शेर्पा र थ्रि स्टार क्लव बीच हुने प्रतियोगिताको विजेता संग भिड्नेछ ।दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयां नगद पुरस्कार पाउनेछ ।
गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयां पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए ।
प्रतियोगिताको एक कार्यक्रमवीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् । उक्त खेल उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले युवाहरुलाई खेलमा आर्कषित गर्नेगरी बुटवल उपमहानगरपालिका लागि परेको बताए ।
प्रतियोगिता अन्तर्गत आईतबार दिउंसो साढे २ बजे हिमालय शेर्पा र थ्रि स्टार क्लववीच प्रतिष्पर्दा हुनेछ । गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख दिने भएको छ ।