‘दक्षिणपन्थी अवसरबाद र बामपन्थी भड्का कारण कम्युनिष्ट आन्दोलन सफल हुन सकेन’

श्यामलाल पोखरेल

वामपन्थी अगुवाहरुले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व दक्षिणपन्थी अवसरबाद र बामपन्थी भड्का कारण कम्युनिष्ट आन्दोलन नै असफल भैरहेको बताएका छन् । विशेष गरेर प्रधानमन्त्री तथा नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवी केन्द्रका अध्यक्ष प्रचण्ड, माधव नेपालहरुले कम्युनिष्टको जनमत अनुसार कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउन नसकेको उनीहरुको तर्क छ ।

कम्युनिष्ट पार्टीको लक्ष्य,उद्वेश्य अनुसार नेपालमा कम्युनिष्ट आन्दोलनले सार्थकता नपाउनु नेतृत्वले कम्युनिष्ट पार्टी स्थापनाको उद्वेश्य अनुसार नेतृत्व प्रदान गर्न नसकेकोप्रति चिन्ता गरे । कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको बिचार अनुसार कम्युनिष्टहरु अगाडी बढ्न नसक्दा कम्युनिष्ट आन्दोलनले सार्थकता पाउन नसकेको उनीहरुको एकमत छ । पुष्पलाल मित्रता केन्द्र नेपालले बुधबार बुटवलमा अयोजना गरेको नेपाली कम्उुनिष्ट आन्दोलन र पुष्पलाल विषयक अन्तर सम्बादमा बोल्ने वक्ताले नेतृत्वको व्यक्तिबादले कम्युनिष्ट आन्दोलन ओझेलमा परेको बताए ।

नेपालमा कम्युनिष्टप्रति जनताको झुकाव बढी भएपनि पार्टी नेतृत्व व्यक्तिबादी चिन्तन भन्दामाथि उठ्न नसकेकाले पुष्पलालको बिचार अनुसार कम्युनिष्ट आन्दोलन सफल हुन नसकेको वामपन्थी अगुवाहरुको तर्क छ । विभिन्न कम्युनिष्ट घटकमा आवद्व नेताहरुले नेतृत्वले वर्ग संघर्षलाई छोडेको चिन्ता गर्दै नेतृत्व सत्ता र शक्तिप्रति विर्सजन भएको दावी गरे । सोही कार्यक्रममा बोल्दै पुष्पलाल मित्रता केन्द्र नेपालका अध्यक्ष जगन्नाथ खतिवडाले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका कारण नै नेपालमा अहिले कम्युनिष्टको बाहुल्याता रहेको बताउनुभयो ।

नेपालमा कम्युनिष्टको जनमत भएपनि व्यवस्थापन गर्न नसकिएकाले कम्युनिष्ट पार्टी स्थापनाको उद्वेश्यसम्म पुग्न नसकिएको बताउनुभयो । कम्युनिष्टहरु एकआपसमा लडेका कारण जनमत अनुसार कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा गुज्रिएको बताउनुभयो ।

प्राध्यापक डाक्टर माधव पन्थीले पुष्पलाल संगठनसंगै बिचारक भएको उल्लेख गर्दै पुष्पलालका कारण नेपालको कम्युनिष्ट आन्दोलन अगाडी बढेको हो भन्नुभयो । उहांले नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन पुष्पलालका बिचारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । ‘पुष्पलाल कहिल्यै महाधिवेशनबाट निर्वाचित नभएता पनि सधै नेपाली कम्युनिस्ट आन्दोलनको अगुवाई गरेको उल्लेख गर्दै २००६ सालमा कम्यूनिष्ट पार्टी स्थापना गर्दा पनि पुष्पलालले विचारलाई प्राथमिकता दिनुभएकाने थियो भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले पुष्पलाल कम्युनिष्ट आन्दोलनका आदर्श पात्र भएको बताउनुभयो । उहांले पुष्पलालको बाटो वर्ग संघर्ष नभएको उल्लेल गर्दै वर्ग समन्वयको बाटो भएको दावी गर्नुभयो । उहांले २१ सौं सताब्दीमा कस्तो कम्युनिष्ट पार्टी बनाउने भन्ने विषयमा नेयां बहस चलाएर नयां कम्युनिष्ट पार्टी गठन गर्नुपर्ने तर्क गर्नुभयो ।

पूर्व सांसद तथा साहित्यकार रामचन्द्र भट्टराइले कम्युनिष्ट आन्दोलनले नेपालमा सार्थकता नपाउनु दुख्खको कुरो हो भन्नुभयो ।

सभासद् तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष विनोद पहाडीले जुन परिवर्तन र जुन वर्ग समूदायको वर्ग उत्थानका लागि कम्युसनष्ट पार्टी स्थापना भएको थियो, त्यस अनुसार कम्युनिष्ट आन्दोलन अगाडी बढ्न नसकेको बताउनुभयो ।

नेकपा एमाले निकट युवा संघका नेता राजु गुरुङले नेतृत्वको गलत चिन्तन र व्यवहारले कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा पुगेकाले नेतृत्व सच्चिन आवश्यक रहेको बताउनुभयो । नेता गुरुङले मुलुक अहिले ०१७ सालको राजनितिक अवस्थामा रहंदा पनि नेतृत्व कम्युनिष्ट आन्दोलनप्रति जिम्म्ेवार बन्न नसक्दा समस्या आएको हो भन्नुभयो ।

कार्यक्रममा वामपन्थी नेता विनोद उपाध्याय, नेकपा एमालेका खेम लुइटेल, सिद्वचरण भट्टराई, रामप्रसाद बञ्जाडे लगायतले बोल्दै नेपालको कम्युनिष्ट जनमतलाई एकतावद्व गर्नुपर्नेमा जोड दिनुभयो । पुष्पलाल मित्रता केन्द्र नेपालका रुपन्देही अध्यक्ष डाक्टर बालकृष्ण चापागाईको अध्यक्षता र गुनाराम घिमिरेको सञ्चालनमा कार्यक्रम भएको हो ।