बुटवल आर्दशनगरको शिवपञ्चायङ मन्दिरको दान पत्र चोरी

बुटवल, चैत्र ७ गते । बुटवल ४ आर्दशनगरमा रहेको शिवपञ्चायङ स्वग्रद्वारी मन्दिरमा चोरी भएको छ ।
सोमबार राती मन्दिरको मुल गेटको ताला फाडेर दानपत्रमा भएको नगद पैसा चोरी भएको मन्दिर सञ्चालक समितिका वरिष्ठ सल्लाहाकार नारायण नागलिाले जानकारी गराए ।
कोही नभएको मौका पारी दानपत्रमा भएको सबै रकम चोरी भएको छ । उक्त मन्दिरको दान पत्रमा कति पैसा थियो भन्ने एकिन छैन ।


मन्दिरको मुल ढोकामा लगाएको तला फोडेर भित्र गएर मन्दिरको बाकस र दानपत्रको पैसा चोरी भएको मन्दिर सञ्चालक समितिका अधयक्ष पूर्णबहादुर थापाले बताए ।
बुटवलमा पछिल्ला दिनमा सानातिना चोरीका घटनाहरु घटिरहेका छन् ।
समाजमा हुने चोरी, तस्करी अराजकता नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।