मानव कल्या मित्र मञ्चद्दारा बालवालिकालाई आर्थिक सहयोग

बुटवल, चैत्र १० गते । मानव कल्या मित्र मञ्च नेपालले आफ्नो पांचौ स्थापना दिवसको अबसरमा अनाथ तथा अभिभाकबिन वालबालिकालाई आर्थिक सहयोग गरेको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका नौ मंगलापुरमा शिर्जनशील संस्था नेपालले सञ्चालन गरेको वालगृहमा आश्रय लिएका वालबालिकालाई एक कार्यक्रमको आयोजना गरी मानब कल्याण मित्र मञ्च नेपालले रु ११ हजार १ सय रुपैयां आर्थिक सहयोग गरेको हो ।
मानब कल्या तथा वालबालिका र महिलाको क्षेत्रमा काम गर्दै आएको मानब कल्याण मित्र मञ्चले वालबालिकालाई पढ्न लेख्नका लागि सहयोग पुराउने उद्देश्यले आर्थिक सहयोग गरेको हो ।


उक्त कार्यक्रममा बोल्दै अनाथ तथा अभिभावक विहिन वालबालिकालाई आवश्यक अनुसार डे«स र शैक्षिक समाग्री उपलब्ध गराउने मानब कल्या मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्याल र संरक्षक पुरुषोत्तम भट्टराईले प्रतिवद्वता जनाएका छन् ।
वालबालिकाहरुको वाल अधिकारका साथै पढ्न लेख्न पाउने अधिकार सुनिश्चित गर्दिनका लागि सक्दो सहयोग गर्ने र वालबालिकाहरुको अधिकारप्रति उत्तरदायी बन्ने अध्यक्ष अर्याल र संरक्षक भट्टराईको प्रतिवद्वता छ ।

सोही कार्यक्रममा बोल्दै कञ्चन गाउंपालिकाकी उपाध्यक्ष मौसमी थापाले अभिभावक नभएका अनाथ वालबालिकाहरुलाई गाउंपालिकाको तर्फबाट आर्थिक र भौतिक सहयोग गर्ने प्रतिवद्वता जनाइन ।
मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता र सचिव कविता पन्थीको सञ्चालनमा कार्यक्रम भएको हो ।

शिर्जनशील संस्था नेपालले बालवालिका तथा मानवीय क्षेत्रमा काम गर्दै आएको छ ।२०५४ मा स्थापना भएको शिर्जनशील संस्था नेपालले रुपन्देहीको तिलोत्तमा नरपालिकाको मंगलापुरमा कार्यालय स्थापना गरी वालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
सडकमा अलपत्र अवस्थामा भेटिएका अभिभावक नभएका तथा साहाराबिन वालबालिकाहरुलाई शिर्जनशील संस्था नेपालले पालनपोषण गरेको छ ।अहिले १८ जना वालबालिकालाई संरक्षण गरी राखिएको संस्थाकी निर्देशक प्रतिमा पन्थीले जानकारी गराइन ।
अहिले १८ जना ालबालिकालाई गौतमबुद्व माध्यामिक विद्यालय केउलानीमा पढाईएको छ ।
सरकारी तह तथा जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका अभिभावक तथा साहारा विन वालबालिकाहरुलाई शर्जिनशील संस्था नेपालले राखेर पालनपोषण तथा शिक्षा दिने गरेको छ ।