पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले वनायो वार्षिक कार्ययोजना

बुटवल, चैत्र ११ गते । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल, रुपन्देहीले संघको लक्ष र उद्देश्यलाई हासिल गर्र्ने गरी वार्षिक कार्ययोजना वनाएको छ । पाल्पामा दुई दिनसम्म चलेको योजना तर्जुमा कार्यशाला गोष्ठीले वार्षिक कार्ययोजना वनाएको हो ।
हालसम्म प्राप्त गरेको प्रतिष्ठा र इज्जतलाई मनन् गर्दै सदस्य ब्यवसायीलाई प्रदान गर्ने सेवालाई थप परिस्कृत गर्ने, संस्थागत सुधार, ब्यवसायी तथा संस्थागत सम्वन्धलाई थप प्रभावकारी वनाउने उद्देश्यले वार्षिक कार्यायोजना तय गरिएको एशोसिएसनका अध्यक्ष हिमाल गैरेले बताए । गोष्ठीले तय गरेका कार्यक्रमलाई वर्तमान कार्यसमितिले कार्यान्वयन गर्न प्रतिवद्ध रहेको अध्यक्ष गैरेले वताए ।

 


एशोसिएसनले आयोजना गरेको दुई दिने गोष्ठीले सरोकारवाला निकायसंग समन्वय, संस्थागत तथा दैवी प्रकोप सहयोग, लेखा, आयकर तथा अग्नी नियन्त्रण तालिम, एप र सफ्टवेयर निर्माण, आन्तरिक अनुगमन, अध्ययन अवलोकन भ्रमण, भित्ते पात्रो प्रकाशन र तराई र पहाडी जिल्लाका ब्यवसायीको नेतृत्व र दक्षता बृद्धिका लागि तालिम, कार्यशाला र अन्तरक्रिया गर्ने कार्ययोजना पारित गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन लुम्विनी प्रदेश संयोजक प्रेम न्यौपानेले एशोसिएसनले आयोजना गर्ने हरेक क्रियाकलाप एशोसिएसन प्रतिको विश्वसनियतामा जोडिएको बताउनुभयो । गोष्ठीमा सहजीकरण गर्दै प्रशिक्षक मनोज भट्टराईले गोष्ठीले पदिय जिम्मेवारीमा रहेकाहरुलाई संस्थागत उद्देश्य प्राप्ती, पद भन्दा जिम्मेवारीमा केन्द्रीत हुन, क्षमता अभिबृद्धि गर्न, संस्था संचालन प्रक्रिया तथा भौतिक, मानवीय र वित्तीय स्रोतको ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
गोष्ठीमा सहभागी ब्यवसायीले लगानी अनुसारको प्रतिफल प्राप्त नभएको, बैंक ग्योरेण्टीमा इन्धन नपाउनु, डिप रडले मापन गरेको इन्धन खरिद गरी डिजिटल माध्यममा विक्री गर्नुपर्ने, पेशागत असुरक्षा, अग्नी विमा नहुनु, भारतीय मूल्यसंग एकरुपता नहुनु, राज्यले सम्मानित पेशाको रुपमा नहेर्नु लगायतका समस्या र चुनौती रहेको गुनासो गरेका छन् ।
एशोसिएसनका अध्यक्ष हिमाल गैरेको अध्यक्षतामा भएको कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपाने, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्वित्तीय उपाध्यक्ष गोपाल वस्याल, महासचिव हरिराम कसौधन, सचिव डासिराम अधिकारी, कोषाध्यक्ष विशाल गैरे, सह कोषाध्यक्ष लोकराज भुसाल, ब्यवसायी कृष्ण तिवारी, दिनेश न्यौपाने, पत्रकार खिमानन्द भट्टराई लगायतले आआफ्ना भनाइ राखेका थिए ।