नुवाकोटलाई पर्यटकीय हबको रुपमा विस्तार गरिने – मुख्यमन्त्री लिला गिरी

बुटवल, चैत्र ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले चुरे र तराईको संगमका रुपमा रहेको नुवाकोट क्षेत्रलाई पर्यटकीय हबको रुपमा विस्तार गरिने बताए ।
प्रकृतिले दिएको दिएको ठाउं नुवाकोटलाई पर्यटकीय हबकोरुपमा विकास गरेर आन्तरिक र बाह्य पर्यटकलाई भित्राउन सकिने बताए ।
नुवाकोटलाई पर्यटकीय हबको रुपमा विकास र विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता जनाए ।

 

राष्ट्रिय युवा सघ नेपाल र नेपाल खेलकुंद महासघंको संयुक्त आयोजनामा बुटबलदेखि नुवाकोटसम्मको हाइकिङ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लिला गिरीले बुटबल र यस क्षेत्रमा आएका पर्याटकलाई एक पटक नुवाकोट गएर नुवाकोट गढिको अबलोकन गर्ने गरी पर्यटकीय क्षेत्रको रप्मा विकास र विस्तार गर्न आवश्यक रहेको बताए ।

पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट आवश्यक अनुसार वजेट विनियोजन गर्ने मुख्यमन्त्री लिला गिरीको प्रतिवद्वता छ ।
उनले स्वास्थ्यको लागि खेलकुंद अति नै आबश्यक भएको हुंदा शरिलाई स्वस्थ्य राख्न नियमित खेलहरु खेल्नु पर्ने बताउंदै खेल खेल्का लागि पनि उचित ठाउं बनाउनु पर्नेमा जोड दिए ।
खेलकुद महासंघले स्थानीय पर्यटन प्रवद्धनका लागि जुन खालको कार्यक्रम राखेको छ अति नै महत्वपूर्ण कार्यक्रम भएकाले यो कार्यक्रम सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने वताउंदै उनले भने – लेखकुंदका कार्यक्रमहरुलाई नियमित बनाउनु होला ।