लामो समय मौन बस्नु देशका लागि घातक हुन्छ : कांग्रेस नेता खाण

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले पार्टी लामो समय सम्म मौन बस्न नुहुनेमा जोड दिएका छन् । उनले पछिल्ले समय देश राजनीतिक रुपमा अनिर्णयको बन्दी भैरहेका बेला कांग्रेसको मौनता घातक हुने बताए ।

‘लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न मिल्दैन । निकासका लागि पनि कांग्रेसले ठोस निर्णय गर्नुपर्छ र गर्छ, राज्य टेलिभिजनले बुटवलमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै नेता खाणले भने, ‘जनताको भावना विपरित कांग्रेस जाँदैन ।’
उनले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताए । ‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन् ।’ उनले भने ।

उनले संविधान माथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन नसक्ने समेत बताए ।