अर्को चुनावमा कांग्रेस एक्लै लड्छ – गगन थापा

भैरहवा, चैत्र ११ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको चुनाब कांग्रेस एक्लै लड्ने दाबी गरेका छन् । गठबन्धनलाई चुनौती दिंदै उनले भने – आगामी निर्वाचनमा जतिवटा मोर्चा वने पनि कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्छ ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले परिणाम दिने गरी काम गरे कांग्रेसको पक्षमा जनलहर आफै वढ्ने वताए ।

नेकपा विघटन गर्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको चाहना नरहेपनि नेकपा विघटनपछि सरकारको नेतृत्व गर्नुपरेको उनको तर्क छ ।
पांच वर्षसम्म स्थिर सरकार दिन्छौं भनेर निर्वाचन भन्दा अघि गठबन्धन र तालमेल गरिएको तर पुस १० गते सम्हाल्न नसकेको उनले भनाइ छ ।
उनले ३ सय बढी स्थानीय तह, ३ बढी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने र केन्द्रमा पनि सरकारको मुख्य दल भएकाले काम गरेर जनतालाई परिणाम दिने दाबी गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न प्रस्ताव गरेको भनेर बाहिर आएका भनाईहरु सही नभएको वताए ।
महामन्त्री थापाले आफूलाई आजसम्म कसैले बोलाएर केही नदिएको भन्दै अहिलेसम्म पाएको सबै कुरा लडेर र साथीहरुको मायां र शुभेच्छाले पाएको दावी गर्दै पार्टी सभापति शेरबहादुर देउवाप्रति व्यङे गरे ।
प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने रहेको छ भने ।

उनले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।
क्षेत्रीय सभापति सुशील गुरुङको अध्यक्षता र क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।