एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्दारा लुम्बिनीको अवलोकन

बुटवल, चैत्र ११ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गरेका हुन् ।
ओलीले लुम्बिनीस्थित मायांदेवी मन्दिरको दर्शन गर्दै पूजा गरेका थिए ।

नेता ओलीले मायदेवी मन्दिरसंगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपकोसमेत भ्रमण गरेका छन् ।
पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिएका थिए ।
ओलीले आफैले शिलान्यास गरेको अन्र्तराष्ट्रिय ध्यान केन्द्रकोसमेत निरीक्षण गरेका छन् ।
उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री गिरीलाईसमेत कोषले स्वागत गरेको थियो ।