तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीलाई

बुटवल, चैत्र ११ गते । बुटवलको एन्फा टेक्निकल सेन्टरमा सम्पन्न २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लवले हाता पारेको छ ।
शनिबार भएको फाईनल लेखमा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं संस्करणको उपाधि हाता पारेको हो ।
उपाधि उचाले संगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयंँ प्राप्त गरेको छ । उपाधि चुम्न नसकेको सुदुरपश्चिम ११ ले भने ५ लाख ५५ हजार ५ सय ५५ रुपैयां प्राप्त गरेको छ । त्यस अघि भएको खेलमा दुवै टिमबाट १÷१ गोल भएको थियो ।

५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मस्याङदी क्लवलाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए । त्यसपछिको समयमा कुनैपनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो ।
पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । २१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा भएको हो ।
बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ बर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । तिलोत्तमा गोल्डकप सर्वाधिक रुचाउने चर्चित खेल हो ।