‘मानीवय सेवा विहिन समाजको कल्पना गर्न सकिदैन’

श्यामलाल पोखरेल
बुटवल । मानीवय सेवा र मानव अधिकार विहिन समाजको कल्पना पनि गर्न नसकिने सरोकारवालाले बताएका छन् । समस्यामा परेका नागरिक वा मानिसहरुलाई सहयोग गर्ने र अधिकारबाट बन्चित भएका नागरिकको पक्षमा बोल्नु मानीवय धर्म भएको बताए ।

मानव कल्याण मित्र मञ्च नेपाल, तिलोत्तमा रुपन्देहीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्ने वक्ताले समस्यामा परेको प्राणी जातीको अधिकार स्थापित गर्नका लागि राज्यको नीति मानव अधिकारमैत्री हुनुपर्नेमा जोड दिए । राज्यको अधिकारमैत्री स्पष्ट नीति नहुंदा मानव अधिकारका मुद्वामाथि राजनीति हुंदा अन्यायमा परेका नागरिकले न्याय पाउन नसकेको उनीहरुको भनाइ छ ।

राज्य, सरकार, राजनीतिक दल र हरेक व्यक्ति मानवीय सेवा र मानव अधिकारप्रति सम्वेदनशील बन्नुपर्ने बताए । कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनालले अन्यायमा परेका हरेक नागरिकले उचित न्याय नपाउंदासम्म समाजमा शान्तिपूर्ण अधिकारमुखि आन्दोलन जारी रहने बताउनु भयो । नागरिकलाई शान्ति अमन चयनको प्रत्याभूति गराउने, हिंसाजन्य गतिविधिको अन्त्य र भ्रष्टाचार न्यूनीकरण गर्ने दायित्व राज्यको हो भन्नु भयो । मानव अधिकार, लोकतन्त्र, पे्रस स्वतन्त्रता, स्थायी शान्ति र भ्रष्टाचारमुक्त समाजका लागि मानव अधिकार तथा शान्ति समाजले सबै पक्षसंग सहकार्य गर्ने बताउनु भयो ।

मानव कल्याण मित्र मञ्च नेपाल तिलोत्तमा रुपन्देहीका संरक्षक पुरुषोत्तम भट्टराईले मानवीय सेवा नै धर्म भएकाले समस्यामा परेका नागरिकलाई सहयोग गरी उद्वारका कामहरु गरिएको बताउंदै मञ्चले मानवीय सेवा गर्दै आएको बताउनुभयो । अन्याय र समस्यामा परेका मानवलाई सहयोग गर्ने उद्वेश्यले नै मानव कल्याण मित्र मञ्च तिलोत्तमा स्थापना गरिएको जानकारी गराउनु भयो । मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले मञ्चले मानव अधिकारको क्षेत्रसंगै विदेशमा समस्या परेका महिला, बावलवालिकाको उद्वार गरी सहयोग गर्ने गरिएको बताउनु भयो ।

मानव कल्याण मित्र मञ्च नेपाल विशुद्व गैर राजनीतिक, गैर नाफामुखि, मानव अधिकार र मानवीय सेवामा काम गर्ने संस्था भएको बताउनु भयो । मञ्चकी सचिव कविता पन्थीको सञ्चालनमा भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष देवी भट्टराई, कोषाध्यक्ष शालिकराम गौतम, सह कोषाध्यक्ष मञ्जु भुसाल लगायतले बोल्नुभएको थियो । मानवीय सेवा गर्ने उद्वेश्यले २०७५ सालमा स्थापना भएको मानव कल्याण मित्र मञ्च नेपालले सामाजिक क्षेत्रमा क्रियाशील छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा कार्यालय रहेको मञ्चले रुपन्देहीमा मानवीय सेवासंग जोडिएको थुप्रै काम गर्दै आएको छ ।