राष्ट्रिय जनमोर्चा दाङको पांचौ सम्मेलन जेठमा

घोराही, फागुन १८ गते । राष्ट्रिय जनमोर्चा, दाङ देउखुरीको पाचौं जिल्ला सम्मेलन आगामी जेठ १२ र १३ गते घोराहीमा हुने भएको छ । यही चैत १७ गते बसेको जिल्ला समितिको बैठकले सम्मेलनको मिति निर्धारण गरेको हो ।
सम्मेलनको मूल नारा ‘गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौँ ! महङ्गी, भ्रष्टाचार तथा सबै खाले बेथितिका विरुद्ध पाचौँ जिल्ला सम्मेलन सफल पारौँ’ तय गरिएको राजमो दाङले जनाएको छ । बैठकले जिल्ला सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु निर्माण गरेको अध्यक्ष गणेश आचार्यले जानकारी गराएका छन् ।

जिल्ला सम्मेलनको लागि जिल्ला अध्यक्ष गणेश आचार्य संयोजक रहेको गरि १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी जिल्ला सचिव वसन्त पौडेल संयोजक रहेको १५१ सदस्यीय प्रचार प्रसार उप समिति, कोषाध्यक्ष श्यामलाल पोखरेल संयोजक रहेको ९ सदस्यीय आर्थिक उप समिति, उपाध्यक्ष महेश रिजालको संयोजकत्वमा ५ सदस्यीय अतिथि सत्कार उपसमिति, सदस्य खडानन्द खनालको संयोजकत्वमा ३ सदस्यीय आवास तथा मेस व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैगरी राजनीतिक तथा सांगगठानिक प्रतिवेदन तयार गर्न अध्यक्ष गणेश आचार्य, विशेष प्रस्ताव तयार गर्न सचिव वसन्त पौडेल र आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष श्यामलाल पोखरेललाई जिम्मेवारी दिइएको छ ।
जिल्ला सम्मेलन अघि आगामी वैशाख १० गते भित्र वडा तथा पालिका भेला, सम्मेलन गरिसक्ने बैठकबाट निर्णय भएको अध्यक्ष गणेश आचार्यले नयां दिशालाइ जानकारी गराएका छन् ।
घोराहीमा वैशाख १३ गते, लमही वैशाख १६ गते, गढवा वैशाख २२ गते, राप्ती र तुलसीपुर वैशाख २३ गते बङ्गलाचुली र राजपुर वैशाख २५ गते, बबई, दङ्गिसरण र सान्तिनगरमा भेलाको कार्यक्रम तय गरिएको सचिव बसनत पौडेलले बताए । साथै आगामी चैत २४ गते लमहीमा जनआन्दोलन दिवस मनाउने राजमो दाङको तयारी छ ।