सैनामैना मेमोरियलको नबौँ अधिबेशन, बुद्धिमान थापा अध्यक्षतामा निर्वाचित

सैनामैना । सैनामैना मेमोरियल स्कुलको सैनामैना–१ आदर्श पथको नवौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी तीन वर्षका लागि बुद्धिमान थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिबेशनले चुडामडी भुसाल, भिमसेन गौतम, बाबुराम महत, उमलाल बन्जाडे, तुल्सि कुमार भुसाल, डिबि खत्री र दिपक कार्की सदस्य रहेको ९ सदस्यीय संचालक समितिको समेत चयन गरेको विद्यालयका प्राचार्य तथा सदस्य सचिब जेबी क्षेत्रीले जानकारी दिए । ।
नवनिर्वाचित अध्यक्ष थापाले निजी विद्यालयहरुको समस्याकाबीचबाट संस्थालाई अघीबढाउनु पर्नेमा जोड दिए । उनले रुपन्देही कै गर्वगर्न लायक शैक्षिक संस्थाका रुपमा स्थापित गरेर अगाडी बढनुपर्ने बताए ।
सैनामैनामा संचालित विद्यालयले तेक्वान्दो तर्फ २ पटक अन्तर्रास्ट्रिय गोल्ड मेडल प्राप्त गरेको छ भने शिक्षा तर्फ पटकपटक माध्यामिक शिक्षा परिक्षा तथा आधारभुत तह परिक्षा तर्फ जिल्ला तथा नगर प्रथम स्थान हाँसिल गरेको गर्दै आएको छ ।