होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा लेखनाथ भण्डारी

बुटवल, चैत्र २६ गते । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित भण्डारीले आफ्नजा निकटतम प्रतिद्वन्द्वी बावुराम गौतमले भन्दा ९८ बढी मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा निर्वाचित भण्डारीले ५ सय ५० मत प्राप्त गरे, भने उनका प्रतिद्वन्द्वी गौतमले ४ सय ५२ मत प्राप्त गरेका छन् ।
संघको नेतृत्वको लागि बावुराम गौतम र लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनाव लडेका थिए ।

संघको बरिष्ठ उपाध्यक्ष पदमा माधवकुमार खनाल,पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई, महासचिवमा अर्जुन थापा,सचिवमा थमन बहादुर भण्डारी ,सहसचिवमा  अर्जुन न्यौपाने र सह कोषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् ।

महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पोखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बन्नुभएको थियो ।

त्यसैगरी सदस्यहरुमा एक बहादुर गाहा मगर,केशवराज पाण्डे एकदेव पाण्डे,कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा,नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल, मुरारी पाण्डेय,यज्ञमुर्ति भण्डारी,सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ बिजयी भएको निर्वाचन समितिले बताएको छ ।
कोषाध्यक्षमा रामबहादुर न्यौपाने निर्विरोध भएका थिए ।