दीनानाथ पार्टी सदस्य बनेको ४५ वर्ष

लघु कथा

लिलाबहादुर केसी                 

लघु कथा
दीनानाथ माक्र्सवादी सिद्धान्तबाट प्रभावित भएर पार्टीको सदस्य बनेको ४५ वर्ष भयो । २०३५÷३६ सालको आन्दोलनमा सरिक भै वहुदलको प्रचार गर्न नीलो झन्डा बोकेर हिंड्यो, २०४५÷४६ सालको आन्दोलनमा रांके जुलुस, छड्के जुलुस, चैत्र २४ को भिमकाय जुलुसमा सक्रिय भाग लियो।अश्रु ग्यास, लाठी, बुट त कति खायो पटक पटक पन्चायत फाल्न।बजार बन्द, नेपाल बन्द, महंगी विरोधी आन्दोलन, अन्तरक्रिया, गोष्ठी, सेमिनार, बहस कार्यक्रममा त कति चोटी भाग लियो लियो।बस्ति बस्तिमा गै संगठन गरी कुशल संगठन कर्ताको रुपमा पार्टीमा हाइ हाइ भयो ।
एकछिन सशस्त्र संघर्षबाट आमुल परिवर्तन भैहाल्छ कि भनेर भूमिगत पनि भयो, फेरी के परिवेश भयो जनआन्दोलन नै अहिलेको आवश्यकता हो भनी २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनमा होमियो।
किसानको नेतृत्व गर्दै कोदालो, बेल्चा, गैंटी समेत बोकेका हजारौं किसानलाई आन्दोलनमा उतार्यो।उस्ले नेतृत्व गरेको आन्दोलन सफल हुंदै गए।
देशमा बहुदल आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो; नयां संविधान बन्यो, घोषणा भयो, तीन तहका सरकार बने।
४५ वर्ष राजनीति गर्दा बाटा मुनीको ठूलो पाटो, खरीयाको बारी र खहरे खोलाको गैरी खेत ऋणको कारण बेच्यो, मुक्ती आन्दोलनमा लाग्दा छोरा छोरीको पढाइमा रेखदेख गर्न सकेन।छोराहरु पहिले जुलुसमा हिड्थे, पढ्न सकेनन् एस एल सी फÞेल भए।रोजगारी मिलेन।

यती ठूलो पार्टीमा योगदान गरेको हुनाले २०४८ देखि २०७४ सम्म टिकटको लागि पार्टीमा लविंग गर्दै गयो, २०५४ साल सम्म त ऊ भन्दा सिनियर कमरेडहरु भएको व्याख्या भई पार्टीबाट टिकट फुत्क्याउन सकेन, यसमा उस्ले चित्त वुझायो । २० वर्षपछि भएको निर्वाचनमा उसले आफुलाई निर्विवाद टिकट पाउने उमेदवारको रुपमा आफूलाई दावी गर्यो।
२०५० सालमा पार्टीको सदस्यता लिएको मानबहादुर अली चलाक र परिस्थिति वमोजिम आफूलाई रूपान्तरण गर्न सक्ने खुबी भएको मान्छे हो।गिरीजाको पालामा तरुण दलको सक्रिय सदस्य, माओवादी जनयुद्ध हुंदा पहिले कमिसार प्रमुख, पछी जनसरकार प्रमुख हुंदा जनअदालतमा परेका मुद्धा त उस्ले कति मिलायो कति।

२०६८ सालपछी भने ऊ युवा संघको जिल्ला प्रमुखसमेत हुंदा ठेक्का पट्टा, खोलाको मालको ठेक्का,क्रसर उद्योग समेत हुंदा उद्योगी बनी पार्टी र नेताहरुको प्रायः पात्र भएकोले मानबहादुरको अंगाडी दीनानाथ फुच्चे देखियो र टिकट मानेले नै पायो। ठिकै छ अर्को चुनावमा त मेरो मूल्यांकन होला भनी दीनानाथ ५ वर्ष पर्खेर अहिलेको चुनावमा समय मै पार्टी कार्यालय धाए तर यस पटक पार्टी नेतृत्व फेरिएको र पार्टीलाई चुनाव खर्च २ करोड दिनसक्ने सन्तराम जमिन्दारलाई अर्को पार्टीबाट ४५०० मतदाता सहित आफ्नो पार्टीयाँ प्रवेश गराउंदा चुनावमा मेयरको टिकट दिने प्रतिबद्धता पार्टीले गरेकोले यस पटक पनि दीनानाले टिकट नपाएकोले निरास भई घर फर्के।

साँझ पार्टी अध्यक्षको फोन आयो दीनानाथलाई।”भोली स्कूलको प्रंगणमा सबै कमरेडहरु जम्मा भै सन्तराम कमरेडको प्रचारकालागि विसाल जुलुस निकाल्नु पर्ने भएकोले जनतालिई १० बजे हाजिर हुनु
“ केही नवेली भोलीपदीनानाथ मान्छे जम्मा गरी जुलुसमा लुरु लुरु गयो किन भने उसले पढेको थियो, कम्युनिस्ट पार्टीमा केन्द्रियता पनि हुन्छ र काडरले लौह अनुशासन प्रदर्शन गर्नुपर्छ।