भारतबाट उद्दार गरी सुर्खेतका वालक शंकर चौधरीलाई मानव कल्याण मित्र मञ्चले घर परिवालाई बुझायो


बुटवल, चैत्र २९ गते । मानव कल्याण मित्र मञ्चले तिलोत्तमा रुपन्देहीले भारतमा हराएका सुर्खेत विरेन्द्र नगरका वालक शंकर चौधरीलाई उद्दार गरी घर परिवारलाई बुझाएको छ ।
मानव कल्याण मित्र मञ्चले विगत केही वर्षदेखि महिला र वालवालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको रोहवरमा १३ वर्षिय वालक शंकर चौधरीलाई मानव कल्या मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अधिकारी र महासचिव झविलाल अधिकारीले सुर्खेत पुगेर वालकलाई घर परिवारको जिम्मा लगाएका हुन् ।
प्रवासी मित्र मञ्चको सहयोगमा भारतको म्यापीठ वालकल्याण समितिको वाल होममा रहेका वालकलाई प्रवासी मित्र मञ्चले उद्दार गरी नेपाल ल्याई मानव कल्या मित्र मञ्चलाई बुझाएको थियो ।
प्रवासी मित्र मञ्च भारतका अध्यक्ष विष्णुप्रसाद खनाल र सदस्य सिद्वार्थ खनालले वालकलाई नेपाल ल्याएर मानव कल्या मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्याललाई उक्त वालक जिम्मा लगाएका थिए ।
झण्डै एक वर्षदेखि भारतमा हराएका वालकलाई घरपरिवारले खोजेर नभेटाएपछि मानव कल्या मित्र मञ्च र प्रवासी मित्र मञ्च भारतले खोजतलास गर्दा वाकल शंकर चौधरी भेटिएका थिए ।

मानव कल्या मत्रि मञ्चले अहिलेसम्म दर्जन बढी वालबालिका भारतबाट उद्दार गरी नेपाल ल्याएर प्रशासन, जनप्रतिनिधि, मानव अधिकारवादी, सञ्चारकर्मीको रोहबरमा घरपरिवारलाई बुझाएको छ ।
महिला र वालवालिकाको क्षेत्रमा मानव कल्याण मित्र मञ्च र प्रवासी मित्र मञ्चले उदाहरणीय काम गरेर सहयोग गरेको भन्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बधाई ज्ञापन गर्दै मानवीय कार्यमा अगाडी बढ्न आग्रह गरेका छन् ।