प्यूठानको ओखरकोटमा डोको बुन्ने पेशाप्रति आर्कषण

बुटवल, बैशाख २ गते । प्युठानको झिमरुक गाउंपालिकाको ओखरकोटमा बासको चोयाबाट विभिन्न सामाग्री बुन्ने पेशालाई प्राथमिकता दिईएको छ । साथै गाउंघरमा रहेका परम्परागत घरेलु सामग्रीको प्रदर्शन गरी स्थानीय लोकसस्कृतिलाई पनि प्राथकिता दिन थालिएको छ ।

नयां २०८० को शुभ अवसरमा झिमरुक गाउंपालिका वडा नम्बर ५ ओखरकोटमा डोको बुन्ने प्रतियोगिता, परम्परागत घरेलु सामग्रीको प्रदर्शन गरिनुका साथै स्थानीय लोकसंस्कृतिसंग जोडिएका लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने तथा सांस्कृतिक संग्रालय निर्माण गर्ने उद्वेश्यले डोको बुन्ने र परम्परागत घरेलु सामग्रीको प्रदर्शन गरिएको हो ।

ओखरकोट चोयाचित्र उद्योगले आयोजना गरेको डोको बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता कार्यक्रममा डोको बुन्ने कार्यक्रम विशेष आकर्षक बन्यो ।
जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरमबहादुर जीसीले स्थानीय उद्योगले तयार पारेका सामग्रीहरु स्थानीय तहहरुले कार्यालय प्रयोजनका खरिद गर्नुपर्ने बताए ।
गाउं घरमा उत्पादन वांसको सदुपयोग गर्ने उद्देश्यले गत २४ गतेदेखि ओखरकोटमा चोयाचित्राबाट विभिन्न सामग्री बनाउने तालिम सञ्चालन गरिएको थियो ।

दक्ष जनशक्ति उत्पादन गर्नका लागि आवश्यक अनुसार चोयाचित्रा तालिमको अबधी बढाएर इच्छुक सबैलाई तालिमको व्यवस्था मिलाउने ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदीप जीसीले बताए ।

बासबाट डोको, मान्द्रो, फुगो, डाला, सुपो, बास्केट, ढकीया, ढडिया, मुडा, स्टुल बेन्च टेबुल, चियादानी, ट्रे, ओरो, सिन्के कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्रहरु उत्पादन गरिने छ । तालिम दिंदै आएका प्रशिक्षक तुलमान राईले ओखरकोटमा रहेका वासले सिंगो नेपाललाई पुग्ने सामग्री उत्पादन गर्न सकिने बताए ।

तालिममा स्थानीयले निकै चासो दिएर सामग्री निमार्ण गरी आम्दानी गर्न थालेका छन् । डोको बुन्ने प्रतियोगितामा स्थानीय आठ जनाको सहभागीता थियो ।
स्थानीय ५० रामबहादुर विकले ५९ मिनेटमै ९५ डिग्रिको कोणमा १८ ईन्च गोलाईमा १८ ईन्च डायमिटरको डोको तयार पारी प्रथम भए ।
त्यस्तै ६५ मिनेटमा डोको तयार पारी स्थानीय अर्जुन विक दोस्रो र गंगाबहादुर सुनारले आकर्षक डोको तयार पारी तेस्रो बनेका छन् ।

प्रथम हुने प्रतियोगीले तीन हजार नगद, दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले नगद एक हजार, सान्त्वनाले एक हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
डोको बुन्ने प्रतियोगितामा सहभागी। लोकनृत्य प्रतियोगितामा प्रथम अस्मिता थापा, जीसी, दोस्रो मनिसा पुन मगर, तेस्रो सबिना जीसी, सान्त्वना विना र शिक्षाको जोडी भएका छन् ।

विजेता हुनेले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पांच हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
सबैलाइलार्ई ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदीप जीसीले नगद पांच सयका दरले पुरस्कार उपलब्ध गराएका छन् ।