नीजि स्कुलले मनोमानी चर्को शुल्क लिए, गुणस्तरीय शिक्षा दिएनन् – डा. पोखरेल

बुटवल, बैशाख ३ गते । प्रध्यापक संघका सचिव डा. विष्णुप्रसाद पोखरेलले नीजि स्कुलहरुले मनोमानी रुपमा चर्को शुल्क लिएको बताएका छन् । गुणस्तरलाई भन्दा पनि आफ्नो हाइफाई अनुसमार मनोमानी चर्को शुल्क उठाउने गरेको दावी गर्दै नीजि विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको बताए ।

सामूदायिक स्कुल र सामूदायिक क्याम्पसहरु सामूदायिक हुन नसक्दा र नीजि विद्यालयहरुले मनोमानी गर्दा विद्यार्थी मारमा परेको बताए ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. पोखरेलले नीजि विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन सकेको भए दैनिक रुपमा विद्यार्थी विदेशीने थिएनन् भन्दै उनले भने – शिक्षामा सरकारले लगानी गर्न सकेको छैन ।

उनले शिक्षामा सरकारले लगानी नगरेसम्म नतिजा आउन नसक्ने दावी गर्दै शिक्षालाई प्रविधि र विकाससंग जोड्नुर्पे बताए ।
शिक्षामा लगानी नभएसम्म स्वास्थ्य, पर्यटन, उर्जा र आर्थिक क्षेत्र वलियो नहुने तर्क गर्दै उनको तर्क छ ।

१० वर्षपछिको नतिजा हेर्नका लागि शिक्षामा अहिले लगागी गर्नुपर्ने बताउंदै उनले भने – विकास वजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्छ तव मात्र नतिजा आउन सक्छ ।
शिक्षाको लगानी भवन निर्माण गर्न नहुने उल्लेख गर्दै सस्तो तथा शर्भशुलभ गुणस्तरीय शिक्षा दिनुपर्ने उनको भनाइ छ ।

सामूदायिक वा सरकारी विद्यालयको शिक्षाप्रति गुणस्तर हुन्छ भन्नेमा विश्वास नभएकाले अब सामूदायिक विद्यालयहरुले विश्वास आर्जन गर्न सक्नुपर्छ उनले भने ।
सरकारी स्कुलहरुलाई सुधार गरेर गुणस्तरीय शिक्षा दिनुपर्ने डा. पोखरेलको भनाइ छ ।

उनले सिमित वोर्डिङ स्कुलका प्रिन्सिपलहरुले नेपाल सरकारको शिक्षा नीतिमा प्रभाव पारेको दावी गरेका छन् । सरकारले संघीय शिक्षा ऐन ल्याउन नसकेको उल्लेख गर्दै संघीय शिक्षा ऐन ल्याएर स्थानीय तहलाई अधिकार दिनुपर्ने उनको भनाइ छ ।