दुध बेचेको पैसा नपाएपछि बुटवलका दुई पसलमा किसानको धर्ना

बुटवल, बैशाख ४ गते । दुध विक्री गरेको पैसा नपाएपछि बुटवलका दूई वटा पसलमा किसानहरुले धर्ना दिएका छन् । आफ्नो पैसा उठाउनका लागि दबाव दिनका लागि किसानहरुले आईतबार धर्ना दिएका हुन् । सहकारीको माध्यमबाट दूध उत्पादनमा जोडिएका रुपन्देही सैनामैनाका किसानहरु दूध बेचेको पैसा नपाएर हैरानी ब्यहोरेका थिए ।

आर्थिक उत्पादनको मुख्य पेशा कृषिलाई अँगालेका किसानहरुले लामो समयदेखि दूध बिक्री गरेको पैसा नपाएपछि पीडित बनेपछि केही नलागेपछि धर्ना दिएका हुन् ।
सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाका ४ सय १९ शेयर सदस्य, र अन्य २ सय ३६ जना गैर सदस्यद्दारा उत्पादित ५ हजार लिटर दूध कस्तुरी मिष्ठान भण्डार र पाठक दूध डेरीलाई किसानहरुले उधारोमा दुध दिएका थिए ।

उधारोमा दिएको दुधको पैसा नपाएपछि धर्ना बस्नु परेको सहकारीका अध्यक्ष तिलकराम घिमिरेले बताए ।अध्यक्ष घिमिरेले विगत १२ वर्ष यतादेखि दूधको कारोबार गरेका कस्तुरी मिष्ठान्न र पाठकले किसानबाट उधारोमा ल्याएर अरुलाई नगदमा दूध विक्री गरेर आफुहरुलाई पैसा नदिएको किसानहरुको गुनासो छ ।
किसानसँग उधारोमा उठाएर आफूले नगद बेचेर पनि पैसा नदिएपछि बाध्य भएर धर्ना बसेको अध्यक्ष घिमिरेको भनाइ छ ।

 

२०६७ सालदेखि बुटवलको ट्राफिक चोकमा रहेको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीलाई दूध दिँदै आएको किसानहरुको भनाइ छ ।
किसानको रकम तिर्न आनाकानी गरेको र दिएको चेक गत मंसिरबाट नसाटिएपछि दूध दिन छोडेको सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाले बताएको छ ।
सोमबार बिहान दूध बेचेका किसानहरुले रकम नपाएपछि दुवै पसल अगाडि धर्ना दिएका छन् । सहकारी एवं किसानहरुका अनुसार कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले २५ लाख ३० हजार ४ सय रुपैयाँ लिन बांकी रहेको किसानहरुले बताएका छन् ।

कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दूध डेरीले ११ लाख ६० हजार रुपैयाँ तिर्न बाँंकी रहेको उल्लेख छ । खाली चेक दिएर किसानलाई झुक्काउँंदै आएका उक्त दुई व्यापारिक केन्द्र बुटवलका नाम चलेका हुन् । यस विषयमा वास्तविकता बुझ्नका लागि कस्तुरी मिष्ठान्न भण्डारमा सम्पर्क गर्दा आनाकानी गरियो । पाठक दूध डेरीका सञ्चालक नेत्र पाठकले आफूसँग भएको आपसी समझदारी अनुसार दुध नपाएपछि पैसा रोकिदिएको बताए ।