लुम्बिनी प्रदेशमा बेरुजुको बढ्यो

बुटवल, बैशाख ८ गते । विकासका हिसावले सबै भन्दा राम्रो मानिने लुम्बिनी प्रदेशमा बेरुजुको बढेको छ । महालेखा परीक्षकको कार्यालयले प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिवदेनले बेरुजु बढेको देखाएको छ ।
उप महापरीक्षक बामदेव शर्मा अधिकारीले प्रदेश प्रमुख शेरचनलाई बुझाएको आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड ८० लाख ८५ हजार उक्त आर्थिक वर्षमा बेरुजु देखिएको हो ।

लुम्बिनीमा बेरुजु कूल रकम ३ अर्ब ५ करोड ८१ लाख पुगेको छ । गत आर्थिक वर्षमा १ अर्ब ७० करोड ७६ लाख ४० हजार बेरुजु देखिएकोमा १४ करोड ६६ लाख ५० हजार सम्परीक्षण भई १ अर्ब ५६ करोड ९० बजार बेरुजु फर्छ्यौट हुन सकेको थिएन ।

महालेखाको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले बेरुजु बढेपछि भ्रष्टाचार बढेको संकेत भएको प्रदेश प्रमुख अमिक शेरचनले बताए ।
प्रदेश प्रमुख शेरचनले भने – बेरुजु बढ्नु राम्रो संकेत नभएको बताउंदै बेरुजु देखिएका रकम फर्छ्यौटका लागि आवश्यक कागजात पेश गर्न नसक्ने तथा सम्परीक्षणमा प्रक्रिया पूरा गर्न नसक्नु भनेको भ्रष्टार मौलाउनु हो ।

प्रदेश प्रमुख शेरचनले सरकार तथा सर्वाजनिक निकायका सबै गतिविधिलाई जस्ताको तस्तै बाहिर ल्याउने गरी प्रतिवेदन तयार पार्न सुझाब दिएका छन् ।
प्रदेश प्रमुखलाई बुझाएको प्रारम्भिक प्रतिवदेनलाई महालेखाले केही दिनपछि विस्तृत रुपमा सार्वजनिक गरिने बताएको छ । महालेखाले बुझाएको प्रारम्भिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न सरकारी कार्यालयमा १ अर्ब २४ करोड ४८ लाख ५३ हजार बेरुजु देखिएको छ ।
सो मध्ये ६ करोड ६८ लाख ८९ हजार असुल हुने पर्ने देखिएको छ भने ७ करोड ४१ लाख २१ हजार अनियमित देखिएको छ । यसैगरी ३१ करोड ५५ लाख २४ हजार रकमको कागजात पूरा भएको छैन ।

यसैगरी १२ करोड १२ लाख ३० हजार रकम कर्मचारी तथा अन्य शिर्षकमा पेश्की देखिएको छ ।यसैगरी सोही आर्थिक वर्षमा समिति तथा अन्य संस्थाहरुमा २५ करोड ३२ लाख ३२ हजार बेरुजु रकम देखिएको छ । प्रतिवेदन पेश गर्दै उप महालेखा परीक्षक अधिकारीले बेरुजु रकम सबै भ्रष्टाचार भएर देखिएको हो भन्ने बझाइ नराख्न आग्रह गर्नुभएको छ ।

काम भएर पनि खर्च नगरिएको, खर्च अनुसारको बिल भरपाई पेश नभएको, शिर्षक नमिलेको लगायतका कारण पनि बेरुजु देखिने बताए । उनले मन्त्रालयको संख्या घटबढ हुंदा पनि बेरुजुको दर बढेको उप महालेखा परीक्षक अधिकारीको भनाइ छ ।