मनोमानी चर्को शुल्क उठाउने स्कुललाई कारवाही गर्न अनेरास्ववियुको माग

बुटवल, बैशाख ८ गते । संस्थागत तथा सामुदायिक विद्यालयले मनोमानी चर्को शुल्क उठाउने विद्यालयलाई कारवाही गर्न अनेरास्ववियु रुपन्देहीले माग गरेको छ ।
बुटवल क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयले मनोमानी रुपमा चर्को शुल्क उठाएको भन्दै एमाले निकट अनेरास्ववियुले त्यस्ता स्कुलहरुलाई छानविन गरी तत्काल कारवाही गनुपर्ने अनेरास्ववियु रुपन्देहीले माग गरेको छ ।

शिक्षा निर्देशिका ऐन बिपरीत सस्थागत तथा सामुदायिक विद्यालयले मनोमानी रुपले चर्को शुल्क उठाएको भन्दै अनेरास्ववीयु रुपन्देहीले बुटवल उपमहानगरपालिकाको शिक्षा महाशाखामा ज्ञापन पत्र बुझाएको छ ।


रुपन्देहीका सामुदायिक तथा संस्थागत बिद्यालयहरुले चर्को शुल्क उठाएर विद्यार्थी भर्ना गरेकाले यसको तत्काल छानबिन गरि कार्रबारी प्रक्रिया अगाडी बढाउन अनेरास्ववियुले माग गर्दै बुटबल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महासाखा प्रमुख मित्रमणि खनालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा शिक्षा ऐन २०२८ र शिक्षा निमावली २०५९ ले संस्थागत बिद्यालयको शुल्क निधारण मापदण्ड निर्देशिका २०७२ तथा सस्थागत विद्यालयको मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को प्रावधान विपरीत मनोमानि ढङगले चर्को शुल्क असुल्ने, तोकिएको पसलमा सामान किन्न पठाउने काम अराजक गतिबिधी भएको उल्लेख छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष शेषकान्त पोखरेलले विद्यालयहरुले प्रवेश परिक्षाको नाममा चर्को मुल्य लिदै लिएको, बिद्यालयमा बर्षै पिच्छे भर्ना लिदा शुल्क लिने गरेको भन्दै यसलाई अविलम्ब रोक्न उपमहानगरपालिकाको शिक्षा महाशाखामा ज्ञापन पत्र बुझाएको बताए ।

साुदायिक विद्यालयमा विद्यार्थीलाई सहज रुपमा भर्ना गरी अध्ययन अध्यापन गराउने वातावरण मिलाउनु पर्ने अध्यक्ष पोखरेलले बताए ।
शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले संस्थागत तथा सामुदायिक विद्यालयले नगरपालिकाले तोकेको मापदण्ड भन्दा बाहिर गएर चर्को शुल्क उठाएको भए तत्काल कारवाी गर्ने प्रतिबद्धता जनाएका छन् ।