नामधारी कम्युनिष्टका कारण कम्युनिष्ट आन्दोलन कमजोर – चित्रबहादुर

बुटवल, बैशाख ९ गते । नेकपा मसाल रुपन्देहीले कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस र लेनिनको १ सय ५४ औं जन्मजयन्ती मनाएको छ ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट भन्नेहरुबाटै कम्युनिष्ट आन्दोलन कमजोर भएको बताएका छन् ।
नामधारी कम्युनिष्टहरुको विगविगीले क्रान्तिकारी कम्युनिष्टहरु ओझेलमा परेको बताउंदै असली कम्युनिष्ट एक ठाउं हुनुपर्नेमा जोड दिए ।

लेनिनवादी संगठनात्मक पद्वति, कम्युनिष्ट पार्टीको विचार र सिद्वान्त नमान्नेहरु कम्युनिष्ट हुन नसक्ने उल्लेख गर्दै नेता केसीले भने – लेनिनवादी संगठनात्मक पद्वति, कम्युनिष्ट पार्टीको विचार र सिद्वान्त नमान्नेहरुबाट कम्युनिष्ट पार्टी बचाउनु पर्छ ।

विचार र सिद्वान्त मिल्ने कम्युनिष्ट पार्टीवीच एकता हुनुपर्ने बताउंदै नेपालमा कम्युनिष्टहरु कमजोर हुंदा राष्ट्रियता कमजोर भएको बताए ।
सांसदसमेत रहेका पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा अमेरिकी र भारतीय साम्राज्यवादको हस्तक्षेप बढेको बताए ।
नेपाललाई अस्थिर बनाएर आफ्नो स्वार्थ पुरा गर्ने गरी विदेशी हस्तक्षेप बढेको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, चन्द्रबहादुर केसी, लोकराज भुसाल, वामपन्थी नेता दुर्गानाथ खरेल, पत्रकार सुमन अधिकारी, शंकर पोखरेल, ढुढिडराज शर्मा, कृष्ण जीसी, हरि रहाडी, हेमलाल न्यौपाने, गोपाल बञ्जाडे लगायतले बोल्दै कम्युनिष्ट पार्टीको स्थपनाको उद्वेश्य र कम्युनिष्ट नेता लेनिनबारे आआफ्ना भनाई राखेका थिए ।

कम्युनिष्ट संग्रालयका अधयक्ष चेतनाथ आचार्यको अध्यक्षता र टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।